IME Life

कुन बीमा कम्पनीले कति प्रतिशत पुँजी वृद्धि गर्न बाँकी ?

SPIL
NIC ASIA

बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १ अर्ब पुर्याउने लक्ष्य दिएको थियो भने जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब पुर्याउने लक्ष्य दिएको थियो ।

बीमा समितिले तोकेको न्युनतम चुक्ता पुँजी निकै थोरै मात्र कम्पनीले पुर्याउन सकेको अवस्था छ भने धेरैले बीमा समितिले तोकेको पुँजीको लक्ष्य हासिल गर्न सकेको अवस्था छैन ।

Prabhu
Crest

लाईफ इन्स्योरेन्स कम्पनीको पुँजीको अवस्था के छ ?

हाल नेपाली दोश्रो बजारमा ७ वटा लाईफ इन्स्योरेन्स कम्पनीका शेयर किनबेच हुने गरेका छन । जसमा दुई वटा मात्र जीवन बीमा कम्पनीले २ अर्ब पुँजीको लक्ष्य हासिल गरेका छन् ।

२ अर्ब पुँजीको लक्ष्य हासिल गर्नेमा नेपाल लाईफ इन्स्योरेन्स र नेशनल लाईफ इन्स्योरेन्स छन् । नेपाल लाईफको पुँजी ४ अर्ब ३९ करोड छ भने नेशनल लाईफको पुँजी २ अर्ब ६२ करोड छ ।कसले कति पुँजी वृद्धि गर्नु पर्ने छ ?

प्राईम लाईफ इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ७८ करोड छ । प्राईम लाईफ इन्स्योरेन्सको पुँजी १२ प्रतिशतले वृद्धि गर्नु पर्ने छ । प्राईमले बोनस शेयर बाटै चुक्ता पुँजी पुर्याउने देखिन्छ ।

त्यस्तै लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ५० प्रतिशतले आफ्नो पुँजी वृद्धि गर्नु पर्ने देखिन्छ । आर्थिक वर्ष ७३/७४ को नाफा बाट १२ प्रतिशत बोनस प्रस्ताव गरेकोमा सो बोनस शेयर पश्चात कम्पनीको पुँजी १ अर्ब ४८ करोड पुग्नेछ । त्यसपछि पनि अझै कम्पनीले आफ्नो पुँजी ३४ प्रतिशतले वृद्धि गर्नु पर्ने छ ।

एसियन लाईफ इन्स्योरेन्सले आफ्नो पुँजी ५९ प्रतिशतले वृद्धि गर्न बाँकी छ । एसियन लाइफ ६० प्रतिशत हकप्रद शेयर निस्काशन गर्ने प्रक्रियामा छ । ६० प्रतिशत हकप्रद शेयर पश्चात कम्पनीको २ अर्ब पुँजी पुग्ने छ ।

सूर्या लाईफ इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १३ करोड रुपैया छ । कम्पनीले अझै आफ्नो पुँजी ७७ प्रतिशतले वृद्धि गर्नु पर्ने छ । सूर्या लाईफ इन्स्योरेन्सलाई ७० प्रतिशत हकप्रद शेयर दिने प्रक्रियामा छ । सो हकप्रद अनुसार कम्पनीको पुँजी १ अर्ब ९२ करोड पुग्ने छ । त्यसपछि पनि कम्पनीले करिव आफ्नो पुँजी ४ प्रतिशतले वृद्धि गर्नु पर्ने देखिन्छ । जो आर्थिक वर्ष ७५/७५ को बोनस बाट प्रस्ताव हुने सम्भावना देखिन्छ ।

त्यत्सै सबै भन्दा धेरै पुँजी पुर्याउन बाँकी गुराँस लाईफ इन्स्योरेन्सको छ । गुराँस लाईफले अझै २३७ प्रतिशतले आफ्नो पुँजी वृद्धि गर्नु पर्ने छ ।

निर्जीवन बीमा कम्पनीको अवस्था के छ ?


१५ वटा निर्जीवन बीमा कम्पनी  मध्ये ४ वटा निर्जीवन बीमा कम्पनीले मात्र आफ्नो पुँजीको लक्ष्य हासिल गरेको अवस्था छ। नेको इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्सले १ अर्ब पुँजीको हासिल गरेको अवस्था छ ।

८० प्रतिशत हकप्रद शेयर पश्चात आईएमई जनरल इन्स्योरेन्सको अहिलेको पुँजी ९७ करोड २० पुगेको छ। कम्पनीले अझै ३ प्रतिशत पुँजी वृद्धि गर्नु पर्ने छ , जुन बोनस शेयर बाट आउने सम्भावना देखिन्छ ।

त्यस्तै लुम्बिनी जनरल इन्स्योरेन्स र सिध्दार्थ इन्स्योरेन्सको पुँजी क्रमश १४ प्रतिशत र १६ प्रतिशतले वृद्धि हुन् बाँकी छ जुन बोनस शेयर बाट आउने सम्भावना देखिन्छ ।

त्यस्तै एन एल जी इन्स्योरेन्स र प्रुडियन्सल इन्स्योरेन्सले अझै आफ्नो पुँजी ५६ प्रतिशतले वृद्धि गर्नु पर्ने देखिन्छ ।

धितोपत्र बोर्डले नेपाल इन्स्योरन्स कम्पनीलाई चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद बिक्री गर्न अनुमति दिएको छ । ६५ प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब पुग्ने छ ।

प्रिमियर इस्न्योरेनस र सगरमाथा इन्स्योरेन्सले क्रमश ७१ प्रतिशत र ८६ प्रतिशत आफ्नो पुँजी वृद्धि गर्न बाँकी छन । प्रमियर इन्स्योरेन्सले गत वर्ष निस्काशन गरेको एफ पी ओको प्रिमियम बाट यो बोनस शेयर दिदै पुँजी पुर्याउने देखिन्छ भने सगरमाथा इन्स्योरेन्सले आर्थिक वर्ष ७३/७४ मा कुनै लाभांस नदिएकोमा उसले यो वर्ष राम्रै बोनस शेयर दिएर पुँजी पुगाउने सम्भावना देखिन्छ ।

त्यस्तै युनाईटेड इन्स्योरेन्स र रास्ट्रीय बीमा कम्पनीले आफ्नो पुँजी क्रमश २३१ प्रतिशत र २७५ प्रतिशतले वृद्धि गर्नु पर्ने देखिन्छ ।

युनाईटेड इन्स्योरेन्सको संचालक समितिको बैठकले २४० प्रतिशत हकप्रद शेयर दिने प्रस्ताव विशेष साधारणसभामा लैजादै छ। उक्त हकप्रद पश्चात इन्स्योरेन्सको चुक्ता पुँजी पुग्ने छ ।

एभरेस्ट इन्स्योरेन्सले ३०० प्रतिशत हकप्रद शेयर निस्काशन गर्ने तयारीमा छ । सो हकप्रद पछि कम्पनीको पुँजी १ अर्ब पुग्ने छ ।

कम्पनीले भविष्यमा दिन सक्ने लाभांस (बोनस शेयर ) उपलब्ध तथ्यांकलाई विस्लेशण गरी अनुमान गरिएको हो । निर्णय लग्नु अघि लगानीकर्ताले थप अनुसन्धान गर्नु पर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS