नेप्सेमा ७.३८ अंकको गिरावट आउँदा कारोबार रकम २३ करोड ५६ लाख


साताको चौथो दिन नेप्से ७ दशमलव ३८ अङ्कले घटेर ११३९ दशमलव ७२ अङ्कमा बन्द भएको छ । कारोबार रकम २३ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।सबै क्षेत्रमा परिसुचकमा गिरावट आएको छ ।

सबैभन्दा धेरै अपर तामाकोशी हाईड्र«ोपावर शेयरको १ करोड ६२ लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमा ९ दशमलव ९७ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै ग्लोबल आईएम समुन्नत स्क्रीम १ को शेयरमा ४ दशमलव ८१ प्रतिशतले घट्न पुग्यो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार