IME Life

एक अर्ब बढी चुक्ता पुँजी भएको नेको इन्स्योरेन्स कम्पनी कस्तो छ ? हेरौ कम्पनी विस्लेषण

SPIL
NIC ASIA

कम्पनीको प्रकार: निर्जीवन बीमा

Symbol: NIL

Prabhu
Crest

संचालक समिति:

व्यवस्थापन समिति:

प्रधान कार्यालय: अनामनगर,काठमान्डौ

सेयर रजिष्ट्रार :नेको इन्स्योरेन्स

वेबसाईट :https://neco.com.np/

प्रमुख गतिविधि:

कम्पनीले आर्थिक वर्ष ७४/७५ को लाभांस घोषणा गर्न बाँकी नै छ ।

नको इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष ७५/७६को पहिलो त्रैमासको वित्तिय विवरण 
नेको इन्स्योरेन्सले सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :

  • कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद मुनाफा ५ करोड ६७ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गत वर्ष यही त्रैमासमा ३ करोड ६१ लाख रुपैया खुद नाफा गरेको थियो । खुद नाफा गत त्रैमास भन्दा ५७ प्रतिशतले वृद्धि भएको छ ।
  • इन्स्योरेन्सको जगेडा कोषको आकार ४६ प्रतिशतले वृद्धि भएर ३६ करोड ३४ लाख पुगेको छ ।
  • कम्पनीको बीमा कोष ५२ प्रतिशतले वृद्धि गरेर ४५ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।
  • कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमास सम्म ५२ करोड ३९ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जन रकम अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमास भन्दा २७ प्रतिशतले वृद्धि भएको छ ।
  • कम्पनीको खुद बिमा शुल्क आम्दानी गत त्रैमास भन्दा २९ प्रतिशतले वृद्धि भएर ३० करोड ४९ लाख पुगेको छ ।
  • यस त्रैमास सम्ममा कुल दावी भुक्त्तानी रकम ३७ प्रतिशतले वृद्धि भएर १९ करोड ८८ लाख रहेको छ भने खुद दावी भुक्त्तानी १३ करोड १४ लाख रहेको छ जुन अघिल्लो आर्थिक वर्ष भन्दा ६७ प्रतिशतले धेरै हो भने ३७ करोड ९९ लाख दावी भुक्तानी गर्न बाँकी छ ।
  • कम्पनीको प्रति शेयर आम्दानी ५ प्रतिशतले कम हुँदै १९ रुपैयाँ ३ पैसा रुपैया पुगेको छ । प्रति शेयर आम्दानी अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासमा २० रुपैयाँ २९ पैसा थियो ।
  • कम्पनीको प्रथम त्रैमासमा प्रतिशेयर नेटवर्थ १ सय ७३ दशमलव ४२ रुपैयाँ, प्रति शेयर कुल सम्पत्तीको मुल्य २ सय ९८ रुपैयाँ रहेको छ ।

निष्कर्ष:
कम्पनीले बीमा समितिले तोकेको १ अर्ब पुँजीको लक्ष्य हासिल गरिसकेको अवस्था छ । कम्पनीले आफ्नो पुँजी ६५ प्रतिशतले वृद्धि गर्दा कम्पनीको खुद नाफा ५७ प्रतिशतले वृद्धि भयो। कम्पनीको प्रति शेयर आम्दानी सामान्य कम भए पनि पुँजी वृद्धि अनुरुप नाफा वृद्धि गरेको प्रस्ट देखिन्छ ।

कम्पनीको बीमा शुल्क आर्जनमा वृद्धि देखिएको छ भने बीमा लेखको संख्या पनि १२ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । यसको मतलव कम्पनीले आफ्नो व्यापार व्यवसाय वृद्धि गरेको प्रस्ट देखिन्छ ।

नेको इन्स्योरेन्सको विगत ५ वर्षको प्रमुख वित्तिय विवरण:
अरु निर्जीवन बीमा इन्स्योरेन्स कम्पनी संग नेको  इन्स्योरेन्सको तुलनात्मक अध्ययन ( पहिलो त्रैमासको आधारमा)

चुक्ता पुँजी र जगेडा कोषको आधारमा:बीमा कोषको आधारमा:

कुल र खुद बीमा शुल्क को आधारमा:

खुद नाफा र प्रति शेयर आम्दानीको आधारमा:

कम्पनीकोे विगत ५ वर्षको लाभासः (प्रतिशतमा)
नेप्सेमा २०७५/१०/२० गते कारोवार भएको ग्राफ:

खुला:५३१ उच्च :५३६ न्यून: ५३० बन्द: ५३०

कारोवार परिमाण: ३५२४

पिभोट टेबल
(२०७५/१०/२० गतेको कारोवार अनुसार:

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS