कामना सेवा विकास बैङकले न्यून आय भएका १०० घरपरिवारलाइ सुरक्षित घर निर्माणको लागि सहुलियत कर्जा प्रवाह गर्ने भएको छ। कामना सेवा विकास बैङकले, पोखरा महानगरपालिका र लुमन्ती आवासका लागि सहयोगी समुहको सहकार्य मा पोखरा महानगरपालिका क्षेत्र भित्र रहेका न्यून आए भएका घरपरिवारको लागि सुरक्षित घर निर्माणको लागि सहुलियत दरमा कर्जा प्रवाह गर्ने गरि त्रिपक्षिय सम्झौता गरेकोछ ।
पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख मान बहादुर के. सि. तथा प्रशासकिय अधिकृत शेष नारायण पौडेल, बैङकको तर्फबाट कामु.प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र लुमन्तिको आवासको लागि सहयोग समुहको तर्फबाट लजना मानन्धरले सम्युक्त रुपमा हस्ताक्ष्यर गर्नु भएको थियो ।
पोखरा महानगरपालिकाको सभाहलमा भएको सम्झौता समारोहमा विभिन्न वडाका वडा अध्यक्षय तथा सचिवहरु, बैङकका सन्चालक द्वय चतुराखर अधिकारी र देव कृष्ण काफ्ले सहायक महाप्रबन्धक टुब राज बास्तोला तथा विभागिय/शाखा प्रमुखहरु, महानगरपालिकाको कर्मचारिहरु, पत्रकार तथा विभिन्न लब्ध प्रतिष्ठिथ व्यक्तिहरुको उपस्थिती रहेको थियो।
कामना सेवा विकास बैङकले न्यून आय भएका १०० घरपरिवारलाई घर निर्माणको लागि कर्जा प्रवाह गर्ने
![](https://insurancekhabar.com/wp-content/uploads/2019/02/28827258_1802371173391624_6522737192917687493_o.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)