IME Life

साताको अन्त्यमा आउँदा समालिएको बजारमा अरु के भयो ? हेरौ साप्ताहिक अपटेड

SPIL
NIC ASIA

यो साता दोश्रो बजारमा पुरै ५ दिन नै शेयर कारोवार भयो । यो साता आईतबार नेप्से परिसूचक ११७२ दशमलव ७८को विन्दुमा सुरु भएको थियो । साताको अन्तिम दिन नेप्से परिसूचक ११६१ दशमलव ६३ को विन्दुमा बन्द भएको थियो । यसको मतलव यो साता नेप्से परिसूचक ११  दशमलव १५  अंकले घटेको छ ।

Prabhu
Crest

यो साता ५ दिन मध्य ३ कारोवार दिन नेप्से परिसूचक घटेको भएको थियो भने २ कारोवार दिन नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको थियो ।

नेप्सेले शेयर खरिद गर्दा अनिवार्य रुपमा प्यान ल्याउने कुरा संगै आईतबार नेप्से परिसूचकमा १० दशमलव ६८ को गिरावट देखिएको थियो । त्यसपछि भने बजार केही समालिएको थियो ।

यो साता सबै भन्दा धेरै माथिल्लो तामाकोशीको शेयर किन बेच भएको छ भने दोश्रोमा नागरिक लगानी कोषको शेयर किन बेच भएको छ ।

हेरौ यो साता सर्वाधिक शेयर कारोवार भएका १० कम्पनीहरु:

यो साता नागरिक लगानीकोष, महालक्ष्मी विकास बैंक र पोखरा फाईनान्सको गरेर बोनस शेयर ४५ लाख ७ हजार ५ सय ५२ कित्ता शेयर सुचिकृत भएका छ । आजको मिति सम्म सबै भन्दा ठुलो बजार पुँजीकरण भएको कम्पनीमा नेपाल टेलिकम परेको छ । दोश्रोमा नबिल बैंक लिमिटेड र तेश्रोमा नेपाल इन्भेस्टमेन्ट बैंक रहेको छ ।

आज सम्म सर्वाधिक बजार पुँजीकरण भएका १० कम्पनीहरु:

अन्य परिसूचक:

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS