IME Life

प्रीमियर इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स बीच गरिएको तुलनात्मक अध्ययन

SPIL
NIC ASIA

सगरमाथा इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स दुई निर्जीवन बीमा कम्पनी हुन । बीमा समितीले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी न्युनतम १ अर्ब तोकेकोमा दुवै निर्जीवन बीमा कम्पनीको न्युनतम चुक्ता पुँजी हासिल गर्न सकेका छैनन ।

प्रिमियर इन्स्योरेन्स रसगरमाथा इन्स्योरेन्सको तुलनात्मक अध्ययन:

Prabhu
Crest

चुक्ता पुँजीको आधारमा:

दुवै कम्पनीको चुक्ता पुँजी निकै कम छ। बीमा समितीले निर्जीवन बीमा कम्पनीलाई १ अर्ब चुक्ता पुँजीको लक्ष्य दिएकोमा दुवै कम्पनीले निकै धेरै पुँजीवृद्धि गर्न बाँकी छ ।

प्रिमियर इन्स्योरेन्सको चुक्ता पुँजी ५८ करोड ४० लाख छ भने सगरमाथा इन्स्योरेन्सको चुक्ता पुँजी ५३ करोड ८२ लाख रहेको छ ।

प्रिमियर इन्स्योरेन्सले अझै आफ्नो चुक्ता पुँजी७१ प्रतिशतले वृद्धि गर्न बाँकीछ भने सगरमाथा इन्स्योरेन्सले अझै आफ्नो पुँजी ८५ प्रतिशतले वृद्धि गर्न बाँकी छ ।

जगेडा कोषको आधारमा :

जगेडा कोषको आधारमा प्रमियर इन्स्योरेन्सको जगेडा कोष बलियो छ । प्रमियर इन्स्योरेन्सको जगेडा कोषमा ६७ करोड १० लाख रुपैँया छ भने सगरमाथा इन्स्योरेन्सको जगेडा कोषमा ५५ करोड ७२ लाख  रुपैँया रहेको छ ।

बीमा कोषको आधारमा :

बीमा कोषको आधारमा सगरमाथा इन्स्योरेन्स अगाडी छ । सगरमाथा इन्स्योरेन्सको बीमा कोषमा ४८ करोड ८७ लाख रुपैया छ भने प्रिमियर इन्स्योरेन्सको बीमा कोषमा ४२ करोड १५ लाख रुपैयाँ छ।

कुल र खुद बीमा शुल्कको आधारमा :

प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ४३ करोड २ लाख रुपैया कुल बीमा शुल्क आर्जन गरेको छ भने २२ करोड ६ लाख  रुपैँया खुद बीमा शुल्क आर्जन गरेको छ।

सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ६० करोड ५८ लाख कुल बीमा शुल्क आर्जन गरेको छ भने ३१ करोड १३ लाख रुपैया खुद बीमा शुल्क आर्जन गरेको छ।

कुल दावी भुक्तानी र खुद दावी भुक्तानीको आधारमा :

प्रिमियर इन्स्योरेन्सले ३० करोड १९ लाख रुपैया कुल दावी भुक्तानी गरेकोमा ११ करोड ९६ लाख खुद दावी भुक्तानी गरेको छ ।

सगरमाथा इन्स्योरेन्सले २६ करोड २० लाख कुल दावी भुक्तानी गरेकोमा १२ करोड ९४ लाख खुद दावी भुक्तानी गरेको छ।

भुक्तानी हुन बाँकी दावी रकम :

प्रिमियर इन्स्योरेन्सको ९३ करोड ८१ लाख भुक्तानी हुन बाँकी दावी रहेको छ भने सगरमाथा इन्स्योरेन्सकोे ४८ करोड ४३ लाख रुपैया दावी भुक्तानी हुन् बाँकी छ।

खुद नाफाको आधारमा :

खुद नाफाको आधारमा प्रिमियर इन्स्योरेन्स अघि छ। प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमास सम्म ४ करोड १२ लाख खुद नाफा कमाएको छ भने सगरमाथा इन्स्योरेन्सले प्रथम त्रैमास सम्म ३ करोड ६९ लाख रुपैया कमाएको छ।

प्रति शेयर आम्दानीको आधारमा :

प्रति शेयर आम्दानीको आधारमा प्रिमियर इन्स्योरेन्स अघि छ। प्रिमियर इन्स्योरेन्सको प्रति शेयर आम्दानी २८ रुपैयाँ २२ पैसा रहेको छ भने सगरमाथा इन्स्योरेन्सको प्रति शेयर आम्दानी २७ रुपैया ४४ पैसा रहेको छ।

मूल्य आम्दानी अनुपातको आधारमा :

मूल्य र प्रति शेयर आम्दानीको आधारमा प्रिमियर इन्स्योरेन्स सस्तो छ। प्रिमियर इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ३६ गुणा छ भने सगरमाथा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४८ गुणा छ। सगरमाथा इन्स्योरेन्सको प्रमियर इन्स्योरेन्स भन्दा धेरै पुँजी थप्नु पर्ने भएकाले सगरमाथा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात धेरै छ।

किताबी मूल्यको आधारमा :

किताबी मूल्यमा सगरमाथा इन्स्योरेन्स अघि छ। सगरमाथा इन्स्योरेन्सको किताबी मूल्य ३०९ रुपैया छ भने प्रिमियर इन्स्योरेन्सको किताबी मूल्य २९३ रुपैँया  छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS