कुपण्डोलमा मुक्तिनाथ विकास बैंकको नयाँ शाखा कुपण्डोलमा विस्तार भएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उक्त शाखा कार्यालयको उद्घाटन गरेका थिए ।
उक्त कार्यक्रममा संचालक समितिका सदस्य नारायणकुमार श्रेष्ठले बैंकका ब्रान्ड एम्बेसडर सीताराम कट्टेल , फ्रेण्डस् क्लवका अध्यक्ष राजीवराज पौडेललेको र कर्मचारीहरुको उपस्थित रहेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएको छ । मुक्तिनाथ विकास बैंकको हालसम्म काठमाण्डौं उपत्यका भित्र १४ शाखाहरु संचालनमा रहेका छन् ।