IME Life

सिदार्थ बैंकको दोस्रो त्रैमासमा खुद नाफा २३ दशमलव ०१ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA


चालु आर्थिक बर्ष २०७५/७६ को दोस्रो त्रैमासको विवरण अनुसार सिद्धार्थ बैंकले १ अर्ब ६ करोड ९४ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको यसै अवधिको तुलनामा खुद नाफा २३.०१ प्रतिशत ले वृद्धि गरेको हो । गत वर्ष सिद्धार्थले ८६ करोड ९३ लाख ७७ हजार रुपैयाँ खुद नाफा गरेको थियो । दोस्रो त्रैमाससम्ममा बैंकको वितरण योग्य नाफा भने ८७ करोड ५ लाख १ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले खुद ब्याज आम्दानी ४९.२० प्रतिशतले वृद्धि गरी २ अर्ब २८ करोड ८८ लाख ३७ हजार रुपैयाँ पुर्याएको छ । यस्तै, सञ्चालन नाफामा २२.५८ प्रतिशत सुधार भएर १ अर्ब ५२ करोड १९ लाख ४३ हजार रुपैयाँ पुगेको छ ।कम्पनीले १ खर्ब ६ अर्ब ३८ करोड ४९ लाख १८ हजार रुपैयाँ निक्षेप संकलन गरी ९७ अर्ब ५० करोड ७० लाख ५२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यसको खराब कर्जा १.६४ प्रतिशत र कस्ट अफ फन्ड ७.२० प्रतिशत छ । यो त्रैमासमा बेस रेट १०.५९ प्रतिशत रहेको छ ।

Prabhu
Crest

कम्पनीको चुक्ता पुँजी ८ अर्ब ८८ करोड ७६ लाख ५ हजार रुपैयाँ पुगेको छ । रिजर्भ कोषमा ५ अर्ब १९ करोड ७२ लाख २८ हजार रुपैयाँ जम्मा भएको छ । यसको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ७० पैसा र प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ४८ पैसा छ । गत वर्ष प्रतिसेयर आम्दानी २४ रुपैयाँ ७१ पैसा रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS