IME Life

बैंकका सिईओेलाई कुलिङ्ग पिरियड, जागिर खान छ महिना कुर्नुपर्ने

SPIL
NIC ASIA

अब देखि एउटा बैंक तथा वित्तिय संस्थाको प्रमुख कार्यकारी अधिकृतले अर्को बैंकमा जागिर खानु परेमा छ महिनामा कुनुपर्ने भएको छ । केन्द्रिय बैंकले गरेको नयाँ व्यवस्था अनुसार बैक तथा वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई छ महिना कुलिङ्ग पिरियड तोकिएको छ ।

नेपाल राष्ट्र बैंकले परिपत्र जारी गर्दै पुर्ननियुक्ती पाएको अवस्थामा बाहेक जुनसुकै कारणले आफनो सेवाबाट निवृत भएपछि कम्तिमा ६ महिनाको अवधि व्यतित नभई कुनै पनि संस्थामा प्रमुख कार्यकारी अधिकृत हुन नपाउँने व्यवस्था नयाँ गरेको छ । यदी आफनो कार्य अवधि नसकिदै जुनसुकै कारणले वित्तिय संस्थाबाट हटेका प्रमुख कार्यकारी अधिकृतले सोही अवधिमा भित्र नियुक्त हुन पाउँने छैनन् । पुन नियुक्ती हुनुपरेमा उक्त कार्यकाल वा छ महिनामध्ये जुन बढी हुन्छ सो अवधि व्यतित भएको हुनुपर्नेछ । अन्यथा सोही संस्थामा सञ्चालक लगायत अन्य कुनै पनि हैसियतमा कार्य गर्न पाईने छैन ।

Prabhu
Crest

केन्द्रिय बैंकले बाणिज्य बैकका नायव प्रमुख कार्यकारी अधिकृतलाई पनि छ महिनाको कुलिङ्ग पिरियड तोेकेको छ । केन्द्रिय बैंकको नयाँ व्यवस्था अनुसार नायव कार्यकारी अधिकृत पनि छ महिनाको अवधि व्यतित नभई अन्य संस्थाको समान प्रकृतिको पदमा नियुक्ति हुन पाउँने छैनन् ।

संचालकलाई पनि छ महिना कुलिङ्ग पिरियड

अब देखि बैक तथा वित्तिय संस्थाका संचालकलाई पनि छ महिनाको कुलिङ्ग पिरियडको लाग्ने भएको छ । राष्ट्र बैकले बैक तथा वित्तिय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७५ लाई शंसोधन गर्दै संचालकलाई पनि कुलिङ्ग पिरियडको व्यवस्था गरेको हो ।

नयाँ व्यवस्था अनुसार कार्यकाल थप भएको अवस्थामा बाहेक संचालक पदबाट जुनसुकै कारणबाट हटेमा कम्तिमा छ महिनाको समय व्यतित नभई अन्य संस्थामा संचालक लगायत अन्य कुनै पनि हैसियतमा कार्य गर्न नपाईने व्यवस्था गरिएको छ । यदि पदावधि समाप्त नहुँदै जुनसुकै कारणबाट त्यस्तो व्यक्ति पुन: सोही कार्यकाल भित्र सोही संस्थामा संचालक पदनमा निर्वाचित वा मनोनित हुन नपाउँने व्यवस्था गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS