Prabhu Life Ad Final

तोकिएको समयमा पुगेन पूँजी अब के गर्छ बीमा समिति

IME PAY

केशब प्रसाद भण्डारी

बीमा कम्पनीहरुले बीमा समितिले तोकेको समयमा पूँजी जुटाउँन असफल भएका छन् । बीमा समितिले दुई पटक समय थप गरी चालु आवको पुसमसान्त सम्ममा पूँजी कायम गर्न समय दिएको थियो । तर, उक्त अवधिमा सबै कम्पनीहरुले पूजी भने कायम गर्न सकेनन् ।

NCHL

समितिले २०७५ असार मसान्तसम्ममा नै जीवन बीमा कम्पनीलाई २ अर्ब र निर्जीवन बीमा कम्पनीलाई १ अर्ब पूँजी कायम गर्न निर्देशन दिएको थियो । तर, उक्त अवधिमा पूँजी कायम गर्न नसकेपछि तीन/तीन महिना गरी दुई पटकसम्म समितिले पुसमसान्तसम्मको समय थपेको थियो । तर, उक्त अवधिमा पनि कम्पनीहरुले पूँजी भने जुटाउँन सकेनन् ।

चालु आवको पहिलो त्रैमासिक वित्तिय विवरण अनुसार चार वटा निर्जीवन बीमा कम्पनीहरुले समितिले तोेकेको पूँजी जुटाएका छन् । नेको इन्स्योरेन्स, शिखर, हिमालयन र प्रभु जनरल इन्स्योरेन्स १ अर्ब पूँजी जुटाएका छन् । त्यसैगरी नेपाल लाईफ र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले २ अर्ब चुक्ता पूँजी कायम गरेका छन् ।

खोई त फोर्स मर्जर

बीमा कम्पनीहरुले तोकिएको समयमा पूँजी कायम नगरे फोर्स मर्जरमा जाने बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले दाबी गरेका थिए । तर, कम्पनीहरुले तोकिएको समयमा पूँजी कायम गर्न नसक्दा बीमा समिति नै मौन छ । मर्जरमा जान नसके पछि पनि समय थप गर्ने वा नगर्ने भन्ने पनि निर्णय गर्न सकेको छैन ।

समितिले तत्कालिन समयमा क्रस होल्डिग भएका कम्पनीलाई फोर्स मर्जरमा लैजाने स्पष्ट पारेको थियो । एउटै व्यापारिक घारानाले एक भन्दा बढी कम्पनीमा लगानी गरेका छन् ।

समय थप भएन

कम्पनीहरुले समयमा पूँजी कायम गर्न नसकेपछि अर्को छ महिना थप गर्ने भनिए पनि समितिले भने समय थप गर्न सकेको छैन । समितिको सञ्चालक समितिले समय थप गर्न अस्वीकृत गरेपछि समय थप गर्न नसकिएको समितिले स्रोतले बताएको छ । तर, अब भने प्रत्येक कम्पनीलाई बोलाएर पूँजी योजना बारे जानकारी लिने समितिको योजना रहेको छ ।

समितिले जारी गरेको बीमक दर्ता तथा व्यवसाय सञ्चालन सम्बन्धित निर्देशिका जारी गर्दै बीमा कम्पनीहरुको पूँजी तोकेको थियो । नयाँ कम्पनीहरुको हकमा भने यो व्यवस्था लागू हुने छैन ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x