नेप्से ७ दशमलव ५७ अंकले घट्यो, कारोवार रकम ५३ करोड ६ लाख

नेप्से साताको चौथो दिन ७ दशमलव ५७ अङ्कले घटेर  ११८७ दशमलव ९७ अङ्कमा बन्द भएको छ । कारोबार रकम ५३ करोड ६ लाख रुपैयाँ पुगेको छ ।

ट्रेडिङ, हाइड्रोपावर र उत्पादनमलक क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ । ट्रेडिङ क्षेत्रको परिसुचमा ० दशमलव ७४ प्रतिशतको वृद्धि आएको छ ।

सबैभन्दा धेरै नेपाल बैंकको ८ करोड ८१ लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै अपर तामाकोशि हाइड्रोपावरको सेयरमा ९ दशमलव ६९ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै एनएमबि माइक्रोफाइनान्सको शेयर ७ दशमलव ४९ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक १ दशमलव ९१ प्रतिशतले घटेको छ भने ५ हजार ७ सय ४६ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक १ दशमलव १६ प्रतिशतले घटेर ६ हजार २ सय २१ रुपैयाँ को बिन्दुमा बन्द भएको छ ।

जीवन र निर्जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार