सन नेपाल लाइफ इन्स्योरेन्स र गरिमा विकास बैंकबीच बीमा सेवा सम्झौता

Citizen Life Insurance Co


सन नेपाल लाइफ इन्स्योरेन्स र गरिमा विकास बैंक बीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल र गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द प्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात् गरिमा विकास बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु गरिमा विकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत लिन सक्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार