प्रिमियर इन्स्योरेन्सले बुद्धभुमी नगरपालिका,प्रतापुरका कृषक यमलाल पोखरेलमा ६० हजारको पशु बिमा घरमै गएर दाबी भुक्तानी गरेको छ ।
पशु सेवा शाखाका कार्यालय प्रमुख लक्ष्मण लाल श्रीवास्तब र पशु प्राबिधिक तथा प्रीमियर इन्स्योरेन्सका अभिकर्ता खिम बहादुर टण्डनले संयुक्त रुपमा दाबी बापतको चेक कृषकलाई हस्तान्रण गरेका थिए ।कृषक यमलालले दाबी बापतको रकम छिटो र छरीटो रुपमा घरमै आई भुक्तानी सुविधा दिने हुँदा सबैलाई बीमा गराउन आग्रह गरेका छन् ।