जनरल इन्स्योरेन्स र कामना सेवा बीच बीमा सेवा सम्झौता

जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र कामना सेवा बिकास बैंक लिमिटेड बीच बीमा सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा जनरल इन्स्योरेन्सका तर्फ बाट महाप्रबन्धक एस्.के.तमोट र कामना सेवा बैंकका तर्फ बाट निः प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले हस्ताक्षर गरेका छन् ।

मंगलबार आयोजित एक कार्यक्रमका बीच सो सम्बन्धि सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार