IME Life

५ कम्पनीको बोनस पछिको शेयर मूल्य समायोजन

SPIL
Sanima Reliance

नेपाल स्टक एक्सचेञ्जमा आज पाँच कम्पनीहरुको बोनस पछि शेयरमूल्य समायोजन भएको छ ।

Crest
Meta Holidays

नेप्समा मंगलबार सिटिजन्स बैंक इन्टरनेशनल, सांग्रिला डेभलपमेन्ट बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, समीट माइक्रोफाइनान्स र हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले वितरण गरेका बोनस पश्चात पाँच कम्पनीको शेयरमूल्य समायोजन भएको हो ।

सिटिजन्स बैंक इन्टरनेशनलको ३.६ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । ३.६ प्रतिशत बोनस सेयर समायोजन पछि बैंकको शेयरमूल्य २ सय १० रुपैयाँ ४२ पैसा कायम भएको छ । औषत आधार मूल्य ३ सय २ रुपैयाँ २१ पैसा कायम रहेको छ ।

त्यस्तै सांग्रिला डेभलपमेन्ट बैंकको ४ प्रतिशत बोनस सेयर पछि मूल्य समायोजन भएको छ । ४ प्रतिशत बोनस सेयर समायोजन पछि कम्पनीको शेयरमूल्य १ सय ४३ रुपैयाँ २७ पैसा कायम भएको छ । बैंकको औषत आधार मूल्य १ सय ८६ रुपैयाँ १३ पैसा कायम रहेको छ ।

यसैगरि नेपाल कम्युनिटि डेभलपमेन्ट बैंकको १ प्रतिशत बोनस सेयर पछि मूल्य समायोजन भएको छ । १ प्रतिशत बोनस सेयर समायोजन पछि बैंकको शेयर मूल्य १ सय २० रुपैयाँ ७९ पैसा कायम भएको छ । जसको औषत आधार मूल्य १ सय ७४ रुपैयाँ ४० पैसा कायम रहेको छ ।

समिट माइक्रोफाइनान्सको २३.५३ प्रतिशत बोनस सेयर पछि मूल्य समायोजन भएको छ । बोनस सेयर समायोजन पछि फाइनान्सको शेयरमूल्य ७ सय ३९ रुपैयाँ ९० पैसा कायम भएको छ । औषत आधार मूल्य १ हजार १ सय ५७ रुपैयाँ ९५ पैसा कायम रहेको छ ।

यस्तै हाइड्रोईलेक्ट्रीसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको १० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । १० प्रतिशत बोनस सेयर मूल्य समायोजन पछि कम्पनीको शेयर मूल्य १ सय ५४ रुपैयाँ ५५ पैसा कायम भएको जसको औषत आधार मूल्य १ सय २७ रुपैयाँ २७ पैसा कायम रहेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x