Prabhu Life Ad Final

आइएमई जनरलको ४३ लाख २० कजार कित्ता हकप्रद खुल्यो, माघ २१ गते सम्म आवेदन दिन सकिने

IME PAY
IME Life

आइएमई जनरल इन्स्योरेन्स कम्पनीले आज मंगलबार देखि ८० प्रतिशत हकप्रद बिक्री खुला गरेको छ । कम्पनीले ४३ लाख २० हजार कित्ता हकप्रद सेयर बिक्री खुल्ला गरेको हो ।

आवेदकले माघ २१ गते सम्म आवेदन दिन सक्ने छन् । हकप्रद निष्काशनका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लाई तथा बिक्री प्रबन्धकका रुपमा चयन गरेको छ । इन्स्योरेन्सले मंसिर ७ गते हकप्रद निष्काशनका लागि बुकक्लोज गरेकाले मंसिर ६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउनेछन् । शेयरधनीहरुले धितोपत्र बोर्डबाट सी आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाको अलवा मेरो शेयरबाट समेत हकप्रदका लागि आवेदन पेश गर्न सक्नेछन् ।

इन्स्योरेन्सको हाल ५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । उसले यहि चुक्ता पूँजीको ८० प्रतिशतले हुन आउने ४३ करोड २० लाख रुपैयाँ बराबरका ४३ लाख २० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । हकप्रद निष्काशन पश्चात यस कम्पनीको ९७ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यस इन्सुरेन्सले २ करोड ६१ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ३३ पैसा छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS