IME Life

निक्षेप तथा कर्जा सुरक्षण कोषले गरेको कर्जा सुरक्षण आधाले बढ्यो

SPIL
NIC ASIA

चालु आर्थिक बर्ष २०७५/७६ को कार्तिक महिनासम्ममा निक्षेप तथा कर्जा सुरक्षण कोषले सुरक्षण गरेको कर्जा आधाले बढेको छ । कोषले उक्त अवधिसम्ममा १४ अर्ब ५३ करोड रुपैयाँ बराबर कर्जाको सुरक्षण गरेको छ । गत आवको सोही अवधिमा भने कोषले ९ अर्ब ६३ करोड रुपैयाँ बराबरको सुरक्षण गरेको थियो ।

तथ्यांक अनुसार चालु आवको चार महिनाको अवधिमा कोषले १ करोड ४ लाख रुपैयाँ बराबरको पुशधन सुरक्षण गरेको छ । त्यस्तै, ८६ करोड ४२ लाख रुपैयाँ बराबरको कृषि कर्जाको सुरषण गरेको छ । साथै ७७ करोड २ लाख रुपैयाँ बराबरको साना तथा मझौला उद्यम कर्जा र ३ अर्ब २५ करोड रुपैयाँ बराबरको लघुवित्त तथा विपन्न कर्जाको सुरक्षण गरेको छ ।
चालु आवको पहिलो चार महिनाको अवधिमा कोषले २ लाख ७७ हजार ५३४ वटा कर्जाको सुरक्षण गरेको छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा ६१ प्रतिशतले बढी हो । कोषले पशुधन तर्फ २ हजार ८५७, कृषि कर्जा तर्फ २ हजार ९०२, साना तथा मझौला उद्यम कर्जा तर्फ ६४८ र लघुवित्त तथा विपन्न बर्ग कर्जा तर्फ २ लाख ७१ हजार १२७ वटा कर्जाको सुरक्षण गरेको कोषका प्रमुख कार्यकारी अधिकृत विष्णु बाबु मिश्रले बताए ।

Prabhu
Crest

कर्जाको सुरुक्षण गरे बापत निक्षेप तथा कर्जा सुरक्षण कोषले ७ करोड ७८ लाख रुपैयाँ सुरक्षण शुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा भने कोषले ५ करोड ७४ लाख रुपैयाँ शुल्क संकलन गरेको थियो । कोषले पुशधन कर्जा सुरक्षण गरे बापत १ करोड ११ लाख, कृषि कर्जा बापत ४५ लाख ९० हजार, साना तथा मझौला उद्यम कर्जा बापत २९ लाख ३४ हजार र लघुवित्त तथा विपन्न बर्ग कर्जा सुरक्षण गरे बापत ५ करोड ९२ लाख रुपैयाँ संकलन गरेको छ ।


कोषले पशुधनको सुरक्षण गरे बापत ६ प्रतिशत शुल्क लिदै आएको छ । जसमध्ये २५ प्रतिशत अर्थात १ दशमलव ५ प्रतिशतले कृषकले नै व्यहोर्नुपर्छ भने ४.५ प्रतिशत नेपाल सरकारले अनुदान उपलब्ध गराउँदै आएको छ । त्यसैगरी कोषले साना तथा मझौला उद्यम कर्जा र कृषि कर्जाको सुरक्षण गर्दा शून्य दशमलव ६ प्रतिशत शुल्क बुझाउँनु पर्छ । जसमध्ये ५० प्रतिशत सरकारले अनुदान प्रदान गर्छ । त्यसैगरी लघु वित्त तथा विपन्न बर्ग क्षेत्र कर्जा सुरक्षण बापत भने १ प्रतिशत बार्षिक सुरक्षण भुक्तानी गर्नुपर्छ । जसमध्ये ७५ प्रतिशत रकम सरकारले अनुदान प्रदान गर्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS