सामूहिक लगानी कोष नियमावली नमानेको भन्दै चार क्यापिटललाई बोर्डले ग¥यो कारवाही


सामूहिक लगानी कोष नियमावली नमानेको भन्दै नेपाल धितोपत्र बोर्डले चार वटा क्यापिटललाई कारवाही गरेको छ । क्यापिटलहरुले नियमावली विपरित बैंक निक्षेपमा धेरै लगानी गरे पनि बोर्डले आर्थिक कारवाही गरेको हो । बोर्डले एनएमवि क्यापिटल, लक्ष्मी क्यापिटल र सिबिआईएल क्यापिटललाई ३५ हजार जरिवाना गरेको छ भने एनआईसी एशिया क्यापिटल २५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

सामूहिक लगानी कोष नियमावली २०६७ को नियम ३६ को उपनियम १ को व्यवस्था बमोजिम योजना व्यवस्थापकले प्रत्येक योजनाको रकम लगानी गर्दा बैंक निक्षेपमा योजनाको कुल सम्पतिको १० प्रतिशत भन्दा लगानी गर्न पाईदैन । तर, बोर्डको स्थलगत तथा गैरस्थलगत निरीक्षणको क्रममा कम्पनीहरुले धेरै लगानी गरेको पाईएपछि बोर्डले कारवाही गरेको हो । बोर्डले धितोपत्र सम्बन्धी ऐनको दफा १०१ अनुसार क्यापिटललाई कारवाही गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार