Prabhu Life Ad Final

६ कम्पनीको बोनस सेयर मूल्य समायोजन

IME PAY
IME Life

नेपाल स्टक एक्सचेञ्ज नेप्सेले आईतबार एकै पटक ६ कम्पनीहरुको सेयर मूल्य समायोजन गरेको छ ।

ग्लोवल आइएमई बैंकको १६ प्रतिशत बोनस सेयर पछि मूल्य समायोजन भएको छ । बैंकको बोनस सेयरपछि समायोजित मूल्य प्रतिकित्ता २७९ रुपैयाँ ३१ पैसा कायम भएको छ । औसत आधार मूल्य भने ३ सय ३४ रुपैयाँ १६ पैसा छ ।

यस्तै फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको २५ प्रतिशत बोनस सेयर पछि मूल्य समायोजन भएको छ । बैंकको बोनस पछिसमायोजित सेयर मूल्य १ हजार ४ सय ८७ रुपैयाँ २० पैसा कायम भएको छ । औसत आधार मूल्य भने १ हजार २ सय ८१ रुपैयाँ ९४ पैसा रहेको छ ।

काबेली विकास बैंकको ३५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । बैंकको ३५ प्रतिशत बोनस सेयर पछि समायोजित मूल्य २ सय ४० रुपैयाँ ७४ पैसा कायम भएको छ । औषत आधार मूल्य ३ सय ६१ रुपैयाँ ८७ पैसा कायम रहेको छ ।

आरएसडीसी लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनस सेयरपछि समायोजित मूल्य ३ सय ९८ रुपैयाँ १८ पैसा कायम भएको छ । यसको औसत आधार मूल्य ५८९ रुपैयाँ ७८ पैसा रहेको छ ।

एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको १५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । बोनस सेयर मूल्य समायोजन पछि कम्पनीको शेयर मूल्य ११ सय ६१ रुपैयाँ ७५ पैसा कायम भएको छ । यसको औसत आधार मूल्य १ हजार ३ सय ९ रुपैयाँ ३७ पैसा रहेको छ ।

सिर्जना फाइनान्सको १५ प्रतिशत बोनस सेयरमा पनि मूल्य समायोजन भएको छ । १५ प्रतिशत बोनस सेयरपछि कम्पनीको समायोजित मूल्य २ सय ३२ रुपैयाँ १७ पैसा कायम भएको छ । यसको आधार मूल्य २ सय ८० रुपैयाँ ९ पैसा रहेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS