एन.आई.सी एशिया बैंक र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ ।
सम्झौतापत्रमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल र एन आई सी एशिया बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले हस्ताक्षर गरेका छन् ।
सम्झौता भए सँगै एन.आई.सी एशिया बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्स बाट प्राप्त गर्न सक्नेछन् ।
त्यसै गरी उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु एन आई सी एशिया बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।