मगंलबार नेपाल स्टक एक्चेञ्जमा तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । शेयर मूल्य समायोजन हुने कम्पनीहरुमा एनएमबि बैंक, स्वावलब्बन विकास बैंक र मिर्मिरे माइक्रोफाइनान्स रहेका छन् ।
एनएमबि बैंकको १० प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ । बोनस सेयर समायोजन भए पछि कम्पनीको शेयर मूल्य ३ सय ५१ दशमलव ८२ रुपैयाँ कायम भएको छ । औसत आधारमूल्य ३ सय ७१ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ ।
त्यसैगरि स्वावलम्बन विकास बैंक को २५ प्रतिशत बोनस पश्चात पछिको मूल्य समायोजन भएको छ । बोनस सेयर मूल्य समायोजन पछि कम्पनीको शेयर मल्य ८ सय ८६ दशमलव ४० रुपैयाँ कायम रहेको छ । औसत आधारमूल्य १ हजार ८० रुपैयाँ २० पैसा कायम भएको छ ।
यस्तै मिर्मिरे लघुवित्त वित्तीय संस्थाको पनि २४ प्रतिशत बोनस पश्चात शेयरमूल्य समायोजन भएको छ । बोनस सेयर मूल्य समायोजन पछि कम्पनीको शेयर मूल्य ९ सय ६९ दशमलव ३५ रुपैयाँ कायम रहेको छ । कम्पनीको १ हजार ४ सय ४४ रुपैयाँ ३५ पैसा औसत आधारमूल्य निर्धारण गरिएको छ ।