एभरेष्ट बैंकको साधारण सभा आज (पुस १० गते) हुँदैछ एभरेष्टले गत वर्षको नाफाबाट लगानीकर्तालाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । मंसिर २५ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्नेछन् ।
कम्पनीले पुस १० गते साधारण सभा गर्न मंसिर २६ गतेदेखि पुस ४ गतेसम्म बुक क्लोज गरेको थियो । साधारण सभामा २० प्रतिशत नगद लाभांश पारित गर्ने प्रमुख एजेन्डा रहेको छ । आर्थिक वर्ष २०७५/७६ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्ने एजेन्डा पनि रहनेछ । हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब १० करोड ६८ लाख ६३ हजार रुपैयाँ रहेको छ । बैंकको रिजर्भ कोषमा पनि ८ अर्ब ६३ करोड ४७ लाख ४२ हजार रुपैयाँ जम्मा छ ।