राष्ट्रिय बीमा संस्थान र नेपाल पुर्नबीमा कम्पनी बीच सम्झौता

राष्ट्रिय बीमा संस्थान र नेपाल पुर्नबीमा कम्पनी बीच बीमा सेवा सम्वन्धी सम्झौता भएको छ ।संस्थामा आबद्ध करिब ३ लाख भन्दा बढी बीमा लेखका ३ अर्ब भन्दा बढी बीमांक रकमको जोखिम अब नेपाल पुर्नबीमा कम्पनीले बहन गर्ने भएको हो ।

सो सम्झौता पत्रमा राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि प्रसाद पाठक र नेपाल पुर्नबीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले हस्ताक्षर गरेका छन् ।
संस्थानले यस सम्झौता भन्दा अगाडी आफ्नो सम्पुर्ण बीमांकको जोखिम भारतको पुर्नबीमा कम्पनी तथा अन्य विभिन्न देशका पुर्नबीमा कम्पनीहरुमा गराउदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार