IME Life

माडी नगरबासीका लागि ५ लाख सम्मको निःशुल्क दुर्घटना बीमा

SPIL
NIC ASIA

भरतपुर,चितवनको माडी नगरपालिकाले सबै नगरवासीका लागि रु पाँच लाखको निःशुल्क दुर्घटना बीमा गर्ने भएको छ । जङ्गली जनावरको आक्रमण, बाढीलगायतका घटनाले वर्षेनी धनजनको क्षति बढ्न थालेपछि नगरपालिकाले बीमा कार्यक्रम अघि बढाएको हो । शिखर इन्स्योरेन्स सँग आइतबार नगरपालिकाले दुर्घटना बीमा सम्झौता गर्दैछ ।

“माडी नगरपालिका र शिखर इन्सुरेन्सबीच बीमा सम्झौताको कार्यविधि  तयार भएको छ”। नगरप्रमुख ठाकुरप्रसाद ढकालले बताए । विभिन्न दुर्घटनामा मृत्यु भएका माडीको नागरिकता भएका र बसोबास गरेका नागरिकले बीमा रकमको रु पाँच लाख पाउनेछन् ।”

Prabhu
Crest

माडीमा वन्यजन्तुले वर्षेनी कृषि बालीमा क्षति गर्ने भएकाले त्यसको पनि बाली बीमा गर्ने तयारी भइरहेको प्रमुख ढकालले बताउनुभयो । यस विषयमा चितवन राष्ट्रिय निकुञ्ज पनि सकरात्मक बनेको उहाँको भनाइ छ । यस्तै राष्ट्रिय निकुञ्जका जनावरको आक्रमणबाट घरका अभिभावक (बाबु अथवा आमा) को मृत्यु भए उनका सन्तानलाई रु पाँच लाखको शैक्षिक कोष बनाउने तयारी नगरपालिकाको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS