बीमा समितिले बीमा कम्पनीहरुको पूँजी बृद्धिको लागी समय थप गर्ने भएको छ । समितिले यस अघि तोकेको समयमा कम्पनीहरुले पूँजी पुराउँन नसक्ने निश्चित भएपछि समितिले समय थप गरेको हो । जसअनुसार कम्पनीले आगामी असारमसान्तसम्मा पूँजी पुराउँन सक्नेछन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को भेटघाट कार्यक्रममा अध्यक्ष चापागाईले पुँजी वृद्धिको समयावधि बढाउन लागिएको जानकारी दिएका हुन् ।
बजारमा लगानी योग्य पुँजीको कमी रहेको र नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड लागू गर्ने क्रममा बीमा कम्पनीहरुको एक्चुरी र वार्षिक साधारणसभा समेत ढिला हुने भएकोले ६ महिना समय थप्न लागिएको उनले बताए ।
समितीले सरोकार निकायहरूसँग छलफल गरेर पुँजी वृद्धिको समय थप्ने तयारी भएको र केही दिनभित्रै पुँजी वृद्धि बारे नयाँ निर्देशन जारी हुने उनले बताए ।