IME Life

राष्ट्रसेवकको पनि अनिवार्य बीमा गरिने

SPIL
NIC ASIA


बिजया बास्कोटा
अब देखि राष्ट्रसेवकको पनि जीवन बीमा हुने भएको छ । गत मंसिर ६ गते भएको सरकारको निर्णय अनुसार सम्पूर्ण राष्ट्रसेवकहरुको राष्ट्रिय बीमा संस्थानले बीमा गर्ने भएको छ ।

संस्थानले प्रत्येक राष्ट्र सेवकको २ लाख रुपैयाँ बराबरको बीमा गर्नेछ । जसबापत विमित राष्ट्रसेवकले प्रत्येक बर्ष ९ हजार ६ सय रुपैयाँ बीमाशुल्क भुक्तानी गर्नुपर्नेछ । जसमध्ये सम्बन्धित संस्थाले आधा र आधा रकम स्वयंम विमित राष्ट्र सेवकले भुक्तानी गर्नुपर्नेछ । बीमा योजनाको अवधि २० बर्षको हुनेछ ।

Prabhu
Crest

राष्ट्र सेवक भन्नाले निजामती, प्रहरी, शिक्षक र शसस्त्र हुन् । तर, कति संख्या छन् भन्ने बिषयमा भने निक्यौल भने भएको छैन । हाल नागरिक लगानीकोषले राष्ट्र सेवकको जोखिम ग्रहण गर्दै आईरहेको छ । त्यसैले कोषले आवश्यक कागजपत्र बुझाएपछि कति जना राष्ट्रसेवकको बीमा हुने भन्ने कुरा स्पष्ट हुनेछ । बीमा चालु योजनाले चालु आवको साउनबाट नै जोखिम बहन गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS