सन नेपाल लाइफइन्स्योरेन्स कम्पनीले २३ औ उपशाखा कार्यालय गुलरियामा उद्घाटन गरेको छ ।
स्थानीय जनसमुदाय तथा अभिकर्ताहरुको बाक्लो उपस्थितीका माझ कम्पनीका का.मु. प्रमुख कार्यकारी अधिकृत श्री राजकुमार अर्याल र महाप्रबन्धक श्री कमलराज गौतमले संयुक्त रुपमा उपशाखा कार्यालयको उद्घाटन गरेका हुन ।
सोही कार्यक्रममा अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै कम्पनीका का.मु. प्रमुख कार्यकारी अधिकृत श्री राजकुमार अर्याल र महाप्रबन्धक श्री कमलराजगौतमले जीवन बीमाको महत्ववारे प्रकाश पार्नु भएको भएको थियो ।
ग्रामिण जनतामा बीमाको जनचेतना अभिबृद्धि गर्ने उद्देश्यका साथ कम्पनीले कर्णाली प्रदेशमा बीमा जागरण अभियान समेत सम्पन्न गरेको जनाएको छ ।