लघुवित्तका सदस्यहरुले कर्जाको मात्रै हैन जीवनको पनि बीमा गरिदिनुहुन अनुरोध गरेका छन् । लघुवित्त सदस्यहरुले ऋणको मात्रै बीमा गर्दै आएका छन् । तर, ऋणीको जीवन बीमा पनि गरिदिन उनीहरुले अनुरोध गरेका छन् ।
काठमाडौमा सञ्चालित दोस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनका सहभागीहरुले बीमा गरिदिन आग्रह गरेका छन् । सम्मेलमा बोल्दै रोल्पाका प्रतिनिधिी भुमिका बुढा विष्टले लघुवित्तले कर्जामा मात्रै हैन बचतबाट रकम कटाएर जीवनको पनि बीमा गरिदिनु हुन अनुरोध गरेकी हुन् ।
निर्जीवन बीमा कम्पनीहरुले लघुवित्ती य संस्थाहरुमा मार्फत लघुबिमा योजना जारी गर्दै आएका छन् । बीमा समितिले लघुबीमा अन्र्तगत जीवन तथा निर्जीवन बीमालेख सञ्चालनमा ल्याएको छ ।