प्राईम लाइफले गर्यो पुनर्बीमा सम्झौता

नेपाल पूनर्बीमा कम्पनी लिमिटेड र प्राईम लाइफ इन्स्योरेन्स बीच पूनर्बीमा सम्झौता भएको छ । सम्झौतापत्रमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई र नेपाल पूनर्बीमा कम्पनीका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले हस्ताक्षर गरेका हुन् । सोमबार आयोजित एक कार्यक्रमका अवसरमा सम्झौता भएको छ ।

नेपाल सरकारले चालु आ.व.२०७५/०७६ को बजेट वक्तव्यबाट व्यवस्था गरे बमोजिम २० प्रतिशत प्रत्यक्ष हिस्सा पुनर्बीमा व्यवस्थाको लागि सम्झौता सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार