माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको साधारण सेयर (आईपीओ)मा आवेदन दिने लगानीकर्तालाई न्युनतम ४० कित्तादेखि ५० कित्तासम्म सेयर परेको छ । बिक्री खुला गरिएको २६ दिनपछि बाँडफाँट गरिएको आइपीओमा ४० देखि ५० क्रित्ताका दरले ३ लाख ३४ हजार आवेदकले सेयर परेकाे हाे ।
मङ्गलबार गरिएको बाँडफाँटमा ५० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिएका लगानीकर्तालार्इ न्युनतम ४० कित्ता सेयरका दरले १ करोड ३३ लाख ६३ हजार कित्ता सेयर परेको छ । यस्तै बाँडफाँटबाट बाँकी रहेको १७ लाख २७ हजार ७ सय ५० कित्ता सेयरका लागि पुन ३ लाख ३४ हजार ७५ जना आवेदकबाट गोलाप्रथाद्धारा १० कित्ताका दरले १ लाख ७२ हजार ७ सय ७५ कित्ता सेयर पाएका छन् ।
सर्वसाधारणका लागि कात्तिक १५ देखि २१ गतेसम्म खुलाइएको सेयर आज बाँडफाँट भएको हो । सञ्चयकोषका कर्मचारी तथा स्थानीयवासी बाहेकका सामूहिक लगानीकोषका कर्मचारीलाई तथा लगानीकर्ताका लागि मात्र कम्पनीले १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्कासन खुला गरेको थियो ।
कम्पनीले सामूहिक लगानीकोषलाई ७ लाख ९४ हजार २ सय ५० कित्ता तथा सर्वसाधरणका लागि १ ५० लाख ९० हजार ७ सय ५० कित्ता सेयर निष्कासन गरिएको थियो । यसअघि स्थानीयका लागि खुलाइएको सेयरमा आवेदन दिई सेयर परेका लगानीकर्तालाई सेयर आवेदनमा रोक लगाइएको थियो ।
कम्पनीले स्थानीयका लागि खुलाएको आइपीओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि खुलाएको थियो । यसको बिक्री प्रबन्धक नागरिक लगानी कोष तथा सह बिक्री प्रबन्धक सनराइज क्यापिटल हुन् ।स्थानीयवासीले दोहोर्याएर सेयरमा आवेदन दिएपछि बाँडफाँटमा ढिलाइ भएको हो ।