प्रिमियर इन्स्योरेन्सको बीमाशुल्क २ प्रतिशतले बढ्यो

प्रिमियर इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्ष २०७५/७६ मा बीमाशुल्क आर्जन २ प्रतिशतले बढेको छ । गत आवको त्रैमास सम्ममा कम्पनीले ४१ करोड ९२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको थियो । यस आवको पहिलो त्रैमासको अवधिमा कम्पनीले ४३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

कम्पनीले प्रकाशन गरेको गत आवको पहिलो त्रैमासको वित्तिय विवरण अनुसार कम्पनीमा ४५ हजार ३६ बीमालेख कायम रहेको थियो । यो आवको सोही अवधिमा कम्पनीमा ४७ हजार ६८ बीमालेख कायम रहेको छ । त्यस्तै, यस आवको त्रैमास सम्ममा कम्पनीले ३० करोड १९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले २ हजार ७५ वटा दाबीको भुक्तानी गरेको छ । भने ३१ सय ३४ वटा दाबीको भुक्तानी हुन बाँकी छ । कम्पनीको जगेडा कोष ६७ करोड १० लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको जगेडा १३ करोड १५ लाख रुपैयाँ थियो । कम्पनीको प्रति शेयर आम्दानी २८ दशमलव २२ रुपैयाँ रहेको छ । यस्तै प्रति शेयर नेटवर्थ २९३ दशमलव ६३ रुपैयाँ छ । भने प्रति शेयर कूल सम्पतीको मूल्य ५३१ दशमलव ३७ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार