IME Life

सिद्धार्थ इन्स्योरेन्सको बीमाशुल्क ६ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA

सिद्धार्थ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्ष २०७५/७६ मा बीमाशुल्क आर्जन ६ प्रतिशतले बढेको छ । गत आवको त्रैमास सम्ममा कम्पनीले ४९ करोड ६४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको थियो । यस आवको पहिलो त्रैमासको अवधिमा कम्पनीले ५२ करोड ६३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

कम्पनीले प्रकाशन गरेको गत आवको पहिलो त्रैमासको वित्तिय विवरण अनुसार कम्पनीमा ३७ हजार ३ सय १३ बीमालेख कायम रहेको थियो । यो आवको सोही अवधिमा कम्पनीमा ३८ हजार १ सय ४८ बीमालेख कायम रहेको छ । त्यस्तै, यस आवको त्रैमाससम्ममा कम्पनीले २२ करोड २९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४० प्रतिशतले बढी हो ।

Prabhu
Crest

कम्पनीले १४ सय ५५ वटा दाबीको भुक्तानी गरेको छ । भने ३ हजार ४५ वटा दाबीको भुक्तानी हुन बाँकी छ । कम्पनीको जगेडा कोष १ प्रतिशतले बढेर १६ करोड ८० लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको जगेडा १६ करोड ५३ लाख रुपैयाँ थियो । कम्पनीको प्रति शेयर आम्दानी २१ दशमलव ६५ रुपैयाँ रहेको छ । यस्तै प्रति शेयर नेटवर्थ १९ दशमलव ७६ रुपैयाँ छ । भने प्रति शेयर कूल सम्पतीको मूल्य ३९७ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS