Prabhu Life Ad Final

हामी नयाँ बीमा योजनाका साथ अगाडी बढ्दै छौ-केशव राज केसी, उपमहाप्रबन्धक सानिमा लाईफ इन्स्योरेन्स

IME PAY
IME Life


केशव राज केसी
उपमहाप्रबन्धक-सानिमा लाईफ इन्स्योरेन्स

१३ बर्ष अघि राष्ट्रिय बीमा संस्थानमा बीमा क्षेत्रको अनुभव बटुलेका केशव राज केसीले नेशनल लाईफ इन्स्योरेन्समा पनि डेपुयुटी म्यानेजर, नेपाल लाईफ इन्स्योरेन्समा म्यानेजरबाट सिनियर म्यानेजर भई काम गरेको अनुभव छ । त्यति मात्रै हैन उनले प्राईम लाईफ इन्स्योरेन्समा डेपुटी जनरल म्यानेनजरको कार्य भार पनि सम्हालि सकेका छन् । हाल उनी सानिमा लाईफ इन्स्योरेन्समा डेपुटी जनरल म्यानेजरको रुपमा कार्यरत छन् । कम्पनीले पछिल्लो समयमा नयाँ बीमा पोलिसीहरु सञ्चालनमा ल्याएको छ । यसका साथै कम्पनीको आगामी योजना र यसकोे गतिविधीमा आधारीत रहेर सानिमा लाईफ इन्स्योरेन्स कम्पनीका उपमहाप्रन्धक केशव राज केसीसँग इन्स्योरेन्सखबरकर्मी रिना खत्रीले गरेको कुराकानीको सार:

अहिलेको बीमा बजारलाई कसरी मूल्याङकन गर्नु हुन्छ ?
हाल बीमाको बजार र बीमा कम्पनीहरुको कार्यशैलीलाई हेर्दा यो प्रतिस्पर्धात्मक रुपमा अघि बढेकोे देख्न पाउछौ । त्यसैले यतिबेला जो एग्रोसीभ रुपमा अघि बढ्न सक्छ, उसले राम्रो गर्न सक्छ । जो बढ्न सक्दैन त्यसलाई ग्राहो नै देखिन्छ ।

नेपालमा पहिले नै यति धेरै जीवन बीमा कम्पनी छन् ? त्यसमा पनि अहिले एकै पटक धेरै कम्पनी खोलिए । कम्पनीहरु बिच कतीको प्रतिस्पर्धा छ ?
कम्पनीको सङख्या बढेपछि प्रतिस्पर्धा बढ्नु त स्वभाविक कुरा नै हो । बीमा कम्पनीहरु बढी हुँदा यसले बजार पनि बढाईरहेको देखिन्छ । बीमा कम्पनीहरु बढेसँगै बीमा चेतनामा पनि बृद्धि आएको छ । यसका साथै बीमा हिजोको दिनमा सहरमा मात्र केन्द्रित रहेको थियो भने बीमा कम्पनीहरु बढेसँगै सबै ठाँउमा पुग्ने काम पनि भईरहेको छ । नयाँ कम्पनीको विस्तारले पनि बीमा कम्पनीको बजार पनि बढेको छ । नयाँ कम्पनीको आगमनले बीमाको दायरामा नरहेकाहरुलाई पनि बीमाको दायरामा ल्याउने वातावरण सिर्जना गराईरहेको छ ।

नेपालमा बीमा कम्पनीहरुको सङख्या धेरै भएको विज्ञहरु बताउँछन् । तपाईलाई के लाग्छ, यति धेरै कम्पनीहरु बजारमा धानीन सक्छन् त ?
यस बिषयमा मैले भन्नुपर्दा बीमा कम्पनीहरु बढेसँगै बजार पनि बढ्दै गएको छ । अर्को कुरा बजार धान्नको लागि प्रतिव्यक्ति आम्दानीमा यसले निधारण गर्ने गरेको हुन्छ । यदि कुनै व्यक्तिलाई बिहान बेलुका हात मुख जोर्न धाउ–धाउ रहेको छ भने उसले बीमा गर्ने कुरा पनि भएन । यसको लागि उसको आयस्तरमा बृद्धि हुनु परयो । जनताको आय स्तरमा वृद्धि हुदै गएमा बीमा बजारलाई धान्न सकिन्छ ।

नयाँ कम्पीहरुले पुरानै कम्पनीहरुको प्रडक्ट बिक्रि गरिरहेका छन् ? किन नेपालको आवश्यकता अनुसार बीमा योजना निर्माण गरीदैन ?
हाम्रो कम्पनीको हकमा भन्नुपर्दा हामीले कम्पनीमा ३ वटा नयाँ बीमा योजना ल्याएका छौ । हामीले केही दिन अघि मात्र शुभलक्ष्मी जिवन बीमा, दम्पती जीवन बीमा योजना ल्याएका छौ । भखरै मात्र हामीले बीमा समितीको स्वीकृतीमा सानिमा जीवन श्री जीवन बीमा पनि ल्याउदै छौ । सानिमा जिवन श्री बीमा योजना सायद नेपालमा नै पहिले बीमा योजनाको रुपमा हामीहरुले ल्याउदै छौ ।

अर्थमन्त्रालयले नयाँ बीमा विधेयक ससंदमा दर्ता गरेको छ । तपाईको बिचारमा नयाँ विधेयक कस्तो हुनुपर्दछ ?
नयाँ बीमा कम्पनीहरु आउदा नयाँ कम्पनीहरुको राहतको कुराले पनि सरकारले हेर्नु पर्दछ । नयाँ कम्पनी आएसगै बीमाको बजारमा समेत वृद्धि आउने भएकाले यस कुरामा पनि ध्यान दिनुपर्ने देखिन्छ । बीमा गर्दा करको कुरा केही छुटको व्यवस्था गर्दा राम्रो रहेको हुन्छ भन्ने लाग्दछ । यसले गर्दा बीमा क्षेत्रमा अझ बीमीतहरु आकर्षण हुने देखिन्छ । बीमाको क्षेत्रमा यसरी बीमीतलाई आकर्षण गर्नु भनेको बीमाको बजार पनि बढ्नु हो । त्यसैले आउने विधेयकमा यी कुरामा ध्यान दिइनुपर्दछ ।

बीमा अभिकर्ताले एउटा भन्दा बढी कम्पनीमा काम गर्न पाउने माग गरेका छन् यो कतीको जायज छ ?
बीमा अभिकर्ताहरुले एउटा मात्र कम्पनीमा काम गर्दा कम्पनीहरुलाई राम्रो नै हो । बीमा कम्पनीको लागि अभिकर्ता भनेको एक महत्वपूर्ण एवं कम्पनीको लागि मेरुदण्ड पनि हो । बीमा कम्पनीहरुले बीमा अर्भिकताको लागि भनेर तालिम वा क्षमता अभिवृद्धिको लागि भनेर केही बजेट छुट्याएको हुन्छ । त्यसैले बीमा अर्भिकताहरुमा जुन किसीमको हामीले लगानी गरेका हुन्छौ । त्यस लगानीको प्रतिफल उसले कम्पनीलाई दिदा कम्पनीलाई त पक्कै पनि फाईदा हुन्छ । तर यसमा समस्या भनेको लगानी एउटाले गर्ने र काम अर्को तिर गर्न हुदाँ इन्स्योरेन्स कम्पनीहरु ढुक्कसँग लगानी गर्न सक्ने वातावरण नै नहुने हुदाँ एउटै मात्र कम्पनीमा काम गर्दा विश्वस्त भएर लगानी गर्न सकिन्छ ।

नयाँ कम्पनीहरुले अभिकर्ताको लागि पनि सेयर वितरण गनुपर्नेे माग गरेका छन् । यसलाई कम्पनीले कसरी लिएको छ ?
यस बिषयमा हामीले खासै सोचेको छैनौ ।

बीमा कम्पनीहरुले बिना पूर्वधार शाखा खोल्न गरेको गुनासो सुनिन्छ नि । प्रतीस्पर्धाको लागि मात्र शाखा खोलिनु कतिको राम्रो हो ?
बीमा समितीको नियम भित्र रहेर नै नयाँ कम्पनीहरुको स्थापना भएको हुन्छ । बिना पुर्वाधार त कम्पनी पनि चल्दैन । नयाँ कम्पनीले पुर्वाधारलाई पनि महत्व दिएको हुन्छ । केही कम्पनीहरु त्यसरी खोलीएको छ भने पनि दिगो रुपमा अघि बढ्न सक्दैन ।

तपाईको कम्पनीले कहिले देखी बोनश वितरण गर्ने योजना बनाउनु भएको छ ?
नियम अनुसार नै समयमा हामी बोनश वितरण गछौ ।

कम्पनीले बीमाको पहुँच बढाउन के गरेको छ ?
बीमा कम्पनीको लागि सबैभन्दा महत्वपुर्ण अभिकर्ता नै हो । त्यसैले उहाँहरुको लागि हामीले बीमाको तालिमहरु प्रदान गराईरहेका छौ ।

बीमा समितले हालै ट्रेनिङ इन्टिच्यूट सञ्चालनमा ल्याएको छ ? यसले बीमा बजारको लागि जनशक्ति उत्पादन गर्नमा कत्तीको मद्दत पुग्ने देख्नुहुन्छ ?
बीमा बजारमा दक्ष जनशक्तिको अभाव रहेको छ । बीमा समितीले पनि ल्याएको तालिक केन्द्र र त्रिबिबाट मान्यता प्राप्त एक्चुरी साईन्सले बीमा बजार यसको अभाव परीपूर्ती गर्न सहयोग गर्दछ ।

आगामी दिनमा कम्पनीलाई अघि बढाउन कस्तो रणनिति अपनाउनु भएको छ ?
आगामी दिनमा कम्पनीलाई अघि बढाउनको लागि हामीले बीमीतलाई छिटो र छरीतो रुपमा सेवा प्रदान गर्ने र प्रविधी अनुरुप हामी अघि बढ्ने लक्ष्यमा रहेका छौ ।

बीमा समितीले बीमीतलाई आकषर्ण गर्न कस्ता कार्यक्रम ल्याउनुपर्ला ?
बीमा समिती एउटा नियमक निकाय हो । बीमाको पहुँच वृद्धि लागि प्रचार–प्रसार गनुपर्दछ । बिद्यालय वा क्याम्पसकोे पाठ्यक्रममा यसलाई समाावेश गराउने र करमा केही हदसम्म छुट दिईएमा बीमा तर्फ बीमीतलाई आकर्षण गराउन सकिन्छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS