IME Life

प्रुडेन्सियलको बीमाशुल्क आम्दानी घट्यो

SPIL
NIC ASIA

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्ष २०७५/७६ मा बीमाशुल्क आर्जन १ प्रतिशतले घटेको छ । गत आवको त्रैमास सम्ममा कम्पनीले ३६ करोड ६९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको थियो । यस आवको पहिलो त्रैमासको अवधिमा भने कम्पनीले ३६ करोड १७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

कम्पनीले प्रकाशन गरेको गत आवको पहिलो त्रैमासको वित्तिय विवरण अनुसार कम्पनीमा ३१ हजार ३ सय ४६ बीमालेख कायम रहेको थियो । यो आवको सोही अवधिमा कम्पनीमा ३१ हजार ९ सय ५२ बीमालेख कायम रहेको छ । त्यस्तै, यस आवको त्रैमास सम्ममा कम्पनीले १६ करोड ८० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २ प्रतिशतले घटी हो ।

Prabhu
Crest

कम्पनीले १३ सय वटा दाबीको भुक्तानी गरेको छ । भने २९ सय ४९ वटा दाबीको भुक्तानी गरेको छैन ।
कम्पनीको जगेडा कोष २९ प्रतिशतले बढेर १९ करोड ३२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको जगेडा १४ करोड ९६ लाख रुपैयाँ थियो ।

कम्पनीको प्रति शेयर आम्दानी २० दशमलव ७२ रुपैयाँ रहेको छ । यस्तै प्रति शेयर नेटवर्थ १९५ दशमलव ८८ रुपैयाँ छ भने प्रति शेयर कूल सम्पतीको मूल्य ३३० दशमलव ९७ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS