एनएमबि माइक्रोफाइनान्सको १५ प्रतिशत बोनस सेयर

एनएमबि माइक्रोफाइनान्सले १५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पूजीँ १४ करोड ८ लाख ७५ हजार रुपैयाँ को १५ प्रतिशत बोनस सेयर र यसमा लाग्ने कर तिर्न ०.७८९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

कम्पनीले १५ प्रतिशतका दरले २ करोड ११ लाख ३१ हजार २५० रुपैयाँ बोनस शेयर र उक्त बोनस शेयर वितरण प्रयोजनको लागि हुन आउने कर वापतको शुन्य दशमलव ७८९ प्रतिशतका दरले ११ लाख १२ हजार १७१ रुपैयाँ नगद लाभांश दिने भएको छ ।

बोनस र नगद लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक र आगामि साधारण सभामा प्रस्ताव गर्ने उनएमबिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार