Prabhu Life Ad Final

प्रभु लाईफ इन्स्योरेन्सको प्रगति सुस्त, तर आशा गर्ने ठाउँ देखियो

IME PAY
IME Life

जीबन बीमा कम्पनीहरु मध्येको कान्छो जीबन बीमा कम्पनी ‘प्रभु लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमशिकमा खासै उल्लेख्य प्रगति गर्न नसकेको वित्तीय विवरण प्रकाशित गरेको छ, आर्थिक बर्षको पहिलो तिन महिनामा कम्पनीले ६ करोड ४ लाख खुद बीमा शूल्क रकम आर्जन गरेको छ । गत आर्थिक बर्षको चौथो त्रैमास सम्ममा कम्पनीले ११ करोड १९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।१ अर्ब ४० करोड चुक्ता पुंजी रहेको कम्पनीको जगेडा कोषमा ४ करोड ७५ लाख रुपैयाँ सञ्चित छ भने जीवन बीमा कोषमा १२ करोड ४१ लाख रुपैयाँ सञ्चित छ, कम्पनीको जीवन बीमा कोष तुलनात्मक रुपमा सबलबन्दै गएको देखिन्छ। कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा ५३ करोड २५ लाख भन्दा माथि पुगेको छ । कम्पनीले महाविपत्ती जगेडा कोषमा ३९ लाख १९ हजार रुपैयाँ छुट्टाएको छ ।

४ हजार ३९ वटा बीमालेख रहेको कम्पनीमा हालसम्म कुनै दाबी परेको छैन् । बीमा समतिले तोकेको चुक्ता पूँजी कायम गर्न कम्पनीले ६० करोडको साधारण शेयर जारी गर्नेछ ।

कम्पनीले बिमांकीय मूल्याङन र सो पश्चात् हुन आउने नाफाले प्रती शेयर आम्दानी तथा नेर्टवर्थमा परिर्वतन हुनसक्ने जानकारी दिएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS