नागवेली लघुवित्तले प्रस्ताव गर्यो १६.११ प्रतिशत बोनस सेयर

नागवेली लघुवित्त वित्तीय संस्थाले वोनस सेयर दिने भएको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समितिकोे बैठकले गत आवको नाफा बाट शेयरधनीहरुलाई १६.११ प्रतिशत बोनस साथै कर तिर्नका लागि ०.८४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

कम्पनीको १६ दशमलव ११ प्रतिशतले हुन आउने २ करोड ४६ लाख ९६ हजार ५४१ रुपैयाँ बोनस शेयर र ० दशमलव ८४ प्रतिशतले हुन आउने १२ लाख ९९ हजार ८१८ रुपैयाँ नगद लाभांश दिने भएको छ ।

सञ्चालक समितिको यो निर्णय पारित गर्नका लागि नेपाल राष्ट्र बैंक र आगामि साधारण सभामा प्रस्ताव गरिनेछ । समितिके यो निर्णय लाइ नेपाल राष्ट्र बैंक र साधारण सभाले पारित गरे पछि मात्र वोनस सेयर वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार