जनरल इन्स्योरेन्स र लुम्बिनी विकास बैंक बीच बैकास्योरेन्स सम्झौता

जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र लुम्बिनी बिकास बैंक बीच बैकास्योरेन्स प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा र इन्स्योरेन्सका महाप्रबन्धक एस.के.टमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

इन्स्योरेन्स कम्पनी र लुम्बिनी बिकास बैंकबीच कार्तिक १९ गते आयोजित एक कार्यक्रम बीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिसंगै बैंकका ग्राहकले अब जनरल ईन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार