IME Life

तिहारमा बीमा योजना उपहार दिऔं

SPIL
NIC ASIA

हिन्दुहरुको महान् चाड तिहार मुखैमा छ । सबैको घरमा तिहारको रौनक छाइसकेको छ । तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ । यो पर्व दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा मिष्ठान आदि मनपर्ने कुरा ख्वाउने, दिदी बहिनीहरूलाई दान दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ । परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्नि्हित पाइन्छ । दाजु यमराजलाई विशेष मानसम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्व छ ।

यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदी बहिनी र दाजुभाइको सुखसमृद्धि, अरोग्य एवं दीर्घायुको कामना अन्तर्निहित छ ।

Prabhu
Crest

हामीले प्रत्येक बर्ष आफनो तिहारमा भाईटिकामा टिका लगाएर विभिन्न उपहारहरु दिइ्र्ररहेका हुन्छौ । तर उपहार दिदाँ केही समय वा केही को लागि मात्र उक्त वस्तु उपयोग गर्न पाउने वस्तु हामी उपहार मार्फत दिईरहेको हुन्छौ । हामी यस समयमा बढी खर्च गरिरहेको हुन्छौ । बाहिरबाट तिहारको लागि माला, मसला र अन्य सामानहरुको आयात बढ्दो मात्रामा भईरहेको छ । हामी यस्ता वस्तुहरु बढी खरीद गरिरहेका हुन्छौ । ती वस्तु केबल क्षणीक रमाईलोको लागि मात्र रमझम देखिरहेको हुन्छ ।

यसमा साथै हामी भाईटिकाको समयमा उपहार दिदाँ बढी मात्रामा जिन्सी वा नगदी रुपमा आफना दिदिबहिनीलाई प्रदान गरिरहेका हुन्छौ । तर ती नगदी र जिन्सी उपहारको सटामा बीमा योजना उपहार दिदाँ केही नौलो र उपहारको साधनले भविष्यको जोखिमबाट बचाउन समेत सक्ने हुदाँ उपहार स्वरुप बीमा योजना दिदाँ उपयुक्त रहेको हुन्छ ।

नेपालमा १८ वटा जीवन बीमा कम्पनी सञ्चालित छन् । प्रत्येक कम्पनीहरुले आफनो कम्पनीको साईटमा बीमा योजनाहरु स्पष्ट रुपमा राखिदिएका छन् । बीमा योजना दिदाँ जसरी हामीले भाईटिकामा क्षमता अनुसार उपहार दिईरहेको हुन्छौ । त्यसै अनुसार नै बीमा योजना दिन सकिन्छ । बीमा योजनामा पनि लघु एवं कम प्रिमीयम तिर्नुपर्ने जस्ता बीमा योजना पनि खरिद गर्न सकिन्छ ।

विदेशको परिपेक्षमा हेर्ने हो भने त्यहाँ बीमा आवश्यकताको रुपमा विकास भईसकेको पाईन्छ । विदेशका नागरिकलाई बीमा गनुपर्छ भनेर चेतना दिनुभन्दा पनि मैले आफैले बीमा गनुपर्छ भन्ने धारणामा रहेर बीमा गराईरहेका हुन्छन् । बीमा गर्दा भोलिको दिनमा आउने अनिश्चत जोखिम वहन गर्ने एक माध्यम हो ।

बीमा योजनाका लागि कुन कम्पनीमा जाने र कसलाई भेट्ने कतीसमय लाग्ने होला भन्ने समस्या रहेको छ भने त्यसलाई पनि मेटाउन सकिन्छ । बीमा कम्पनीहरुले ग्राहकको सुविधाको लागि बीमा कम्पनीहरुको आफनो साईटमा सम्पूर्ण बीमा योजनाहरु राखिदिएको हुन्छ । बीमा योजनाहरुको समयावधी, उमेर समय, प्रिमीयम र यसमा सुविधाहरुको बारेमा कम्पनीको साईट मार्फत अध्ययन गरेर छनोट गर्ने सकिने व्यवस्था गरिएको छ । कतीपय बीमा कम्पनीहरुले आफनो ग्राहकको सुविधाको माध्यमबाट मोबाईल मार्फत बीमा योजना लिन सक्ने व्यवस्था मिलाएको छ । बीमीतले बीमा लिन र छान्न पाउने व्यवस्था पनि रहेको हुदाँ बीमा योजना खरिद गर्दा कम्पनीमै गईरहनुपर्ने समस्याबाट मुक्त भएको पाईन्छ । तिहारमा आफ्ना दिदिबहिनीहरुको लागि मनपर्ने खालको बीमा योजना दिन पनि सकिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS