IME Life

रसुवागढी र साञ्जेनले सर्वसाधारणलाई सेयर बिक्री गर्दै

SPIL
NIC ASIA

रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि सेयर बिक्रीको प्रक्रिया शुरु गरेको छ ।स्थानीयवासीलाई सेयर बिक्री नगरिकनै ती कम्पनीले सर्वसाधारणलाई सेयर बिक्री गर्न लागेका हुन् ।

रसुवावासीले भूकम्पका कारण आफूहरु घर तथा आवास निर्माणमा लागेको र तत्काल एक अर्बभन्दा बढीको लगानी गर्न नसक्ने बताउँदै आएका छन् । कम्पनीले एक अर्ब २६ करोड ३१ लाख पाँच हजार बराबरको साधारण शेयर बिक्रीका लागि प्रक्रिया अगाडि बढाएको छ ।
यसै गरि साञ्जेन जलविद्युत् कम्पनीले पनि सर्वसाधारणलाई शेयर बिक्री गर्ने भएको छ । स्थानीयवासीको मागका आधारमा आफ्नो कम्पनीले सर्वसाधारणलाई शेयर बिक्री गर्न लागेको हो । सो कम्पनीले रसुवामा १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन र ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन आयोजना निर्माण गरिरहेको छ । कम्पनीले सर्वसाधारणलाई ५४ करोड ७५ लाख रुपैयाँ तथा रसुवावासीलाई ३६ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर बिक्री गर्ने तयारी गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS