IME Life

बीमा कम्पनीहरुले एक्सटेन्सन काउण्टर पनि खोल्न सक्ने

SPIL
NIC ASIA


अब देखि बीमा कम्पनीहरुले एक्सटेन्सन काउण्टर पनि खोल्ने सक्ने भएका छन् । बीमा समितिले निर्माण गर्दै गरेको बीमकको शाखा स्थापना सम्बन्धि निर्देशिका २०७५ मा यस्तो खालको व्यवस्था गरिएको छ ।

निर्देशिकामा गरिएको व्यवस्था अनुसार बीमकले महानगरपालिका र उपमहानरपालिका बाहेकका क्षेत्रमा एक्सटेन्सन काउण्टर खोल्न सक्नेछन् । तर, व्यापािरक, उत्सव, मेला, जोखिमउन्मुख आर्थिक क्रियाकलाप तथा आवद्यिक घुम्ती बजार सञ्चालन हुने स्थलमा बढीमा ३५ दिनका लागी बीमा शुल्क संकलन, दाबी भुक्तानी गर्ने गरी समितिलाई पूर्व जानकारी दिई काउण्टर खोल्न सकिनेछ ।

Prabhu
Crest

काउण्टरले बीमाशुल्क संकलन दाबी भुक्तानी गर्ने कार्य मात्र गर्न पाउँनेछ । काउण्टरको लागी बीमकले सम्बन्धित शाखा तोक्नुपर्नेछ । बीमकहरुको उपस्थिति नभएको स्थान/बस्तीमा एक्सटेन्सन काउण्टर खोल्न प्राथमिकता दिईनेछ ।

घुम्ती सेवा पनि सञ्चालन गर्न सक्ने 
बीमा समितिले बीमा कम्पनीहरुलाई घुम्ती सेवा पनि सञ्चालन गर्न पाउँने सुविधा प्रदान गर्ने भएको छ । समितिले जारी गर्ने तयारी गरेको निर्देशिमा बीमा सेवा सुविधा नपुगेको स्थानमा कम्पनीहरुले घुम्ती सेवा सञ्चालन गर्न पाउँने व्यवस्था गरेको छ । काठमाडौ उपत्यकाको महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका बाहेक कुनै पनि स्थानमा विमकको कुनै नजिकको शाखालाई सम्पर्क कार्यलाई सम्पर्क कार्यकालय तोकेर घुम्ती सेवा सञ्चालन गर्ने सकिने निर्देशिमा व्यवस्था गरिएको छ । घुम्ती बिमा सेवामा संलग्न हुने नगद, मार्गस्थ नगद, सवारी साधन, कर्मचारी तथा अन्य सम्पतिको बिमा गरेको हुनुपर्नेछ ।

निर्देशिका विपरित शाखा खोल्ने बीमकलाई कारवाही 
अब देखि बीमा निर्देशिका विपरित शाखा सञ्चालन गर्ने कम्पनीलाई समितिले कारवाहीको दायरामा ल्याउँने भएको छ । कम्पनीले समितिको निर्देशन विपरित कुनै शाखा सञ्चालन गरेमा तत्काल शाखा बन्द गरिनेछ । त्यसैगरी आगामी आगामी दुई बर्षसम्म थप शाखा खोल्न पाईने छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS