महालक्ष्मी विकास बैंकको साधारणसभा आज

महालक्ष्मी विकास बैंकको १५ प्रतिशत लाभांशका लागि आज वार्षिक साधारण सभा भईरहेको छ । बैंकले असोज १४ गते देखि बुक क्लोज गरेको थियो ।


बैंकले चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश आज साधारण सभामा पारित गर्नेछ । बैंकको ८ प्रतिशतले हुन आउने २१ करोड ७ लाख ३ हजार ७९६ रुपैयाँ बराबरको बोनस र ७ प्रतिशतले हुन आउने १८ करोड ४३ लाख६५ हजार ८२१ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।
हाल बैंकको चुक्ता पूँजी दुई अर्ब ६३ करोड ३७ लाख रुपैयाँ छ । ८ प्रतिशत बोनसपछि बैंकको चुक्ता पूँजी २ अर्ब ८४ करोड ४५ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार