बनेपाकी निर्मला त्रिपाठीलाई पाँच वर्षकी छोरीले प्रश्न गरी, “बैंकमा मेरो कति पैसा भयो मामु ?”
छोरीले वर्षभरी पाएको दक्षिणालाई खुत्रुकेमा खसाल्थि । गत साल दशै सकिदा खुत्रुके नै पो भरियो । खोल्दा पन्ध्र हजार भएछ ।
“…. छोरीको यो पैसा म बैंकमा जम्मा गरिदिन्छु है ” छोरीले सहमति पनि जनाई । निर्मलाले आफ्नो पनि दक्षिणा गनी । सात हजार भएछ । आफ्नो दक्षिणा पनि छोरीको मै थपिदिएर बैंकमा बचत गरिदिईन । गएको तिजमा साथीहरुले माईली तिलहरी बनाउँदा निर्मलालाई पनि रहर लाग्यो । खाता टक्टक्याई । अलिकति पुगेन । “आ !….. छोरीलाई पछि तिरौला ” यसरी चुहियो छोरिको खाता ।
आज छारीले आफ्नो पैसाको खोजी गर्दा निर्मलाको मन अमिलो भयो । फेरि दशै नजिकिदै थियो । फेरि खुत्रुके भरिदै थियो । चुहिने बैंकमा पैसा जम्मा गर्ने मन थिएन निर्मलालाई । दिउँसो खाजाखाने समयमा सहकर्मी साथी जानुका बरालसँग व्यथा पोखी । बाठीटाठी जानुका कुनै बीमा कम्पिनीकी अभिकर्ता थिर्ईन । आफ्नो बीमा कम्पनीको ब्रोसर निर्मलालाई दिँदै भनिन।“वर्षको बाइस हजारले त तीनलाख जतिको बिमा हुन्छ बीमा अवधि सकिँदा नानीले तिनलाख र बोनस पाउँछे उसलाई एकमुष्ठ रकम आवश्यक्ता पर्ने उमेरमा पैसा पनि आउँछ, बीचमा पैसा चाहिँदा ऋण लिन पनि लिन मिल्छ ”
“बोनस भनेको के हो नि ” निर्मलाले सोधिन ।
“इन्स्योरेन्समा बोनस भनेको प्रिमियम जम्मा गरेर बिमाङ्कको ब्याज खाने व्यवस्था हो, तिमीले तिनलाखको बीमा गर्दा वर्षमा बाइस हजार तिरे पनि बोनस (बैंकले दिने ब्याज जस्तो) भने तिन लाखकै पाउँछ्यौ ” जानुकाले बताईन ।
“यस्तो पैसा बैंकमा लगेर जम्मा गर्नुभन्दा त इन्स्योरेन्स नै गर्नु राम्रो रैछ, हुन्छ म बिमा नै गर्छु ” ब्रोसर ब्यागमा राखेर निर्मला हिँडिन
‘..आजै फारम बोक्न बिर्सेंछु फेरी ’ स्कुटी चढेर नजिकैको शाखामा फारम लिन जानुका कुदी हालीन ।
निर्मला पनि कम बाठी कहाँ थिई र? परि आए कागको फुल चोर्थि । गएर गुगलमा खोजी । आम्मा हो ! नेपालमा त उन्नाइस वटा जीवन बीमा कम्पनी पो रहेछन् । अब भने निर्मलालाई जानुकाको कुरा फिक्का लाग्यो । यति धेरै कम्पनीहरुमा कुनै त पक्कै होला जसले अन्य सुबिधा पनि दिएको होस भोलि अबिभावक नरहकेको खण्डमा बच्चालाई उच्च शिक्षा अध्ययन गराउनेसम्मको जिम्मा लिने कुनै कम्पनी पनि त पक्कै होला । सबै कम्पनीका योजनाहरू अध्ययन गर्न लागि ।
यी सबै कुराहरुको अघिदेखि नै निगरानी गरिरहेकी थिई सजना खत्रिले । निर्मला भएको ठाउँमा गएर नम्र र शिष्ट भाषामा भनी, “म्याडम एक पटक मेरो कम्पनीको योजना पनि हेर्नुस है ” आफ्नो इन्स्योरेन्स कम्पनीको ब्रोसर र फारम दिएर फर्किईन, सजनी ढुक्क थिई, आफ्नो कम्पनीको योजना निमर्लालाई पक्कै मनपर्नेछ ।
निर्मलाले सबै कम्पिनीका बीमा योजनाहरू पढिन । समग्रमा सजनाकै कम्पनीको योजनमा मन पराइ । सजना भएको ठाउँमा गएर उसैको कम्पनीमा बीमा गर्ने बताईन, सजनाले फारम भराईन । त्यही बेला जानुका पनि फारम लिएर आई पुगीन । निर्मलालाई उनको कार्यकक्षमा नदेखेपछि खोज्दै सजना भएतर्फ पुगीन । त्यति नै बेला निर्मला बीमा प्रस्ताव फारममा ल्याप्चे लगाउँदै थिईन । निर्मलाले चेक काटेर प्रथम बीमा शुल्क पनि बुझाईन, जानुका र सजाना दुवैले निर्मलालाई बधाई दिए । छोरीको पैसा भुक्तान गरिदिएको र आर्थिक जिम्मेवारी हस्तान्तरण गर्न पाउँदा निर्मलाको अनुहार धपक्क बल्यो ।
प्रमोद प्याकुरेल,ज्योति लाईफ इन्स्योरेन्समा कार्यरत छन् ,