IME Life

नेपाल इन्स्योरेन्स ७२ औँ वर्षमा प्रवेश, कार्यक्रमको अवसरमा कर्मचारी सम्मानित

SPIL
NIC ASIA

नेपाल इन्स्योरेन्स कम्पनी ७२ औँ बर्षमा प्रवेश गरेको छ । कम्पनीले सोमबार एक कार्यक्रम बिच बार्षिक समारोह सम्पन्न गरेको छ । आफनो बार्षिकउत्सव समारोहको अवसरमा कम्पनीले उत्कृष्ट कर्मचारीलाई पुरुस्कृत समेत गरेको छ ।

बार्षिक उत्सव समारोहमा बोल्दै कम्पनीका अध्यक्ष अर्जुन पौडेल शर्माले कर्मचारीलाई लगनशील र गुणस्तरमा ध्यान दिनुपर्ने बताए । “कम्पनीको व्यवस्थापक र कर्मचारीहरु बिच सहकार्य हुन सक्यो भने कम्पनीको प्रगति हुनसक्छ,” उनले भने ।

Prabhu
Crest

कार्यक्रममा पुरुस्कृत भएका कर्मचारीलाई शुभकामना दिदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले कम्पनीलाई अगाडी बढाउँन कर्मचारीको साथ र सहयोग सदैब आवश्यक पर्ने बताए । उनले कर्मचारीलाई आफनो क्षमता बृद्धी गर्न सुझाव दिए । “उत्कृष्टताको यात्रा कुनै पनि विन्दुमा रोकिदैन् । त्यसैले कम्पनीलाई अगाडि बढाउन हामी सबैले हातेमालो गर्नुपर्छ । ज्येष्ठताका साथसाथै व्यवसायका रुपमा पनि श्रेष्ठ कम्पनीका रुपमा स्थापित गर्ने संकल्प कम्पनीले लिएको छ । त्यो संकल्पलाई पुरा गर्न हामी सबैको उत्तिकै महत्वपूर्ण भुमिका रहेको छ,” उनले भने ।

समारोहमा कम्पनीमा २५ वर्ष देखि कार्यरत दोमादर दवाडीलाई दिर्घ सेवा पदक प्रदान गरिएको थियो । त्यस्तै २० वर्षको सेवा अवधि पूरा गरेका कर्मचारीहरु प्रकाश वस्नेत, आमोद प्रसाद दुवे, समिर कुमार जोशी पुरस्कृत भएका थिए । उत्कृष्ट कार्यसम्पादन का आधारका भीम प्रसाद घिमिरे, नागेन्द्र शाह, कृष्ण राम पराजुलीलाई पुरस्कृत गरिएको थियो । पुरस्कृत हुने कर्मचारीहरुलाई नगद, प्रमाणपत्र सहित मायाको चिनो प्रदान गरिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS