नेशनल माइक्रोफाईनान्सले बोनस शेयर र नगद लाभांश दिने भएको छ । संस्थाको असोज ४ गते बसेको ७५ औँ बैठकले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर र नगद लाभांश दिने निर्णय गरेको हो । फाईनान्सले चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश गरी जम्मा ४० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । लाभांश नेपाल राष्ट्र बैंक र संस्थाको आगामि साधारण सभाले स्वीकृत गरे पछि वितरण हुने संस्थाले जनाएको छ ।
नेशनल माइक्रोफाईनान्सको २५ प्रतिशत वोनस शेयर प्रस्ताव
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब
काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...