IME Life

दराजको पहिलो सेलर समिट नेपालमा ,नबिल बैंकले दराजसँग सहकार्य गर्ने

SPIL
Sanima Reliance

दराजले नेपालमा पहिलो सेलर समिट गरेको छ । दराजका ६५० बढी बिक्रेताहरुको सहभागितामा सम्पन्न समिटले दराजमार्फत हुने व्यवसायमा नयाँ अवधारणा तथा अवसर प्रदान गरेको छ । यसका साथै नबिल बैंकले नेपालको प्रख्यात अनलाइन बजार दराजसँग रकम भुक्तानीका लागि सहकार्य गर्ने भएको छ ।

Crest
Meta Holidays

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले दराजको सेलर समीटलाई सम्बोधन गर्दै दराजबाट हुने वस्तु तथा सेवाको कारोबारमा बैंकले भुक्तानीका लागि सहकार्य गर्ने उदघोष गरेका हुन् । सेलर समीटमा ६५० बढी बिक्रेताहरुलाई सम्बोधन गर्दै शाहले नबिल बैंकबाट रकम भुक्तानीको व्यवस्था हुँदा दुवै संस्थाको व्यवसाय बिस्तारमा टेवा पुग्ने बताएका हुन् । साथै उनले दराजका बिक्रेताहरुलाई नबिल बैंकले साना तथा मझौला व्यवसाय कर्जा उपलब्ध गराउने पनि बताए ।

सेलर समिटकै अवसरमा दराजले अहिलेको मोबाइल एपलाई परिष्कृत बनाएर आधुनिक बनाउने भएको छ । यहि सेप्टेम्बर २९ देखि आउने नयाँ एपमार्फत दराजले बिक्रेताहरुलाई आधुनिक शैलीमा व्यवसायमा आबद्ध गराउन लागेको हो । बिक्रेताका साथै सेवाग्राहीलाई अझै सजिलो गरी समान किनबेच गराउने योजना दराजको छ ।

दराज ग्रुपका प्रमुख कार्यकारी अधिकृत बीआरके मिकल्सनले आफ्ना बिक्रेताहरुको क्षमता अभिवृद्धि गर्दै व्यवसाय बिस्तार गर्नका लागि नयाँ रणनिति अख्तियार गरिने उद्घोष गरेका छन् । यसका लागि दराजको आधुनिक प्रणालीमा आबद्ध गराउँदै तीन तहको नयाँ अवधारणाले बिक्रेताको क्षमता बढाउँदै सेवाग्राहीले उत्कृष्ट सेवा पाउने उनको विश्वास छ ।

पहिलो तहमा बिक्रेतहरुलाई वस्तु तथा सेवा बिक्री गर्न दराजले विशेष रणनीति अख्तियार गर्नेछ र दोस्रो तहमा बिक्रेताहरुलाई रणनीति अनुसार अघि बढ्नका लागि आवश्यक उपकरणको व्यवस्था गर्ने दराजले जनाएको छ । यसबाट दराजको सेवा सुधार गर्दै धेर ैभन्दा धेरै सेवाग्राहीलाई आबद्ध गराउने उसको योजना छ । तेस्रो तहमा व्यवसायलाई परिष्कृत र लोकप्रिय बनाउनका लागि व्यवसायिक प्रकृयालाई चुस्त बनाउने योजनामा बिक्रेताहरुलाई समेटिनेछ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x