काठमाडौं: सन नेपाल लाइफ इन्स्योरेन्स र जनता बैंक बीच संस्थागत अभिकर्ता सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री राज कुमार अर्याल र जनता बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री पर्शुराम कुँवर क्षेत्रीले हस्ताक्षर गरेका छन् ।
सम्झौता अन्तर्गत जनता बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु जनता बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले कारोवार शुरु गरेको ९ महिना भित्र २०७५ आषाढ मसान्तसम्ममा बैदेशिक रोजगार बीमा बाहेक बिभिन्न ११ प्रकारका बीमा योजनाहरुमा ९८२१ पोलिसी बिक्री गरी कुल रु. २९ करोड ६९ लाख ७५ हजार छ सय ६५ रुपैँया प्रिमियम संलकन गरेको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले निकट भविष्यमा आफ्नो चुक्ता पुँजी २ अर्व पुर्याउन ६० करोड मुल्यकोे सर्बसाधारण शेयर निस्कासन गर्नेछ ।