IME Life

अब चाँहि आउने नै भो महालक्ष्मी लाईफ इन्स्योरेन्स

SPIL
NIC ASIA


काठमाडौं: लामो समयको पखाई पछि महालक्ष्मी लाईफ ईन्स्योरेन्स कम्पनीले बीमा समितिबाट सञ्चालन अनुमती पाउँने भएको छ । सर्वोच्च अदालतले बीमा समितिलाई कम्पनी दर्ताको प्रक्रियालाई नरोक्नु भन्ने आदेश दिए पछि महालक्ष्मी पुन: बीमा समिति पुगेको हो ।

कम्पनीेले गत साउन अन्तिममा नै बीमा समितिमा आवश्यक कागजपत्र सहित पुन: सञ्चालन अनुमतीको निवेदन दिएको थियो । बीमा समितिले गत ५ गते अदालतबाट फैसलाको पूर्णपाठ पाएको थियो । तर, समितिको सञ्चालक सदस्य मुलुक बाहिर भएकाले कम्पनीको प्रक्रिया ढिलो भएको समितिले बताएको छ ।

Prabhu
Crest

समितिको अनुसार यस अघिको सञ्चालक समितिको बैठकमा महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीलाई सञ्चालन अनुमतिको बिषयमा छलफल भएको थियो । समितिले आवश्यक कागजपत्र छानबिन गर्ने काम गरेको समितिले बताएको छ । आवश्यक सबै कागजपत्र पुगेको खण्डमा समितिको अर्को बैठकले केही ठोस निर्णय गर्न सक्ने समितिले बताएको छ ।

तर, समितिले सञ्चालन अनुमती दिई हाले पनि कम्पनी भने तत्काल सञ्चालन भै हाल्ने मनस्थितमा भने छैन । हालै सञ्चालनमा आएका नयाँ नौ वटा कम्पनीको व्यवसायीक अवस्था देखेर कम्पनी हच्किएको छ । त्यसैले केही समय बजारलाई अध्ययन गरेर मात्रै बजारमा प्रवेश गर्नेे योजना बनाएको छ ।

बीमा समितिले जीवन बीमा व्यवसाय सञ्चालनको अनुमती दिएका १० वटा जीवन बीमा कम्पनीलाई तीन महिनाको अवधि दिई पूँजी पु¥याएर आउँन निर्देशन दिएको थियो । तर, उक्त अवधिमा पूँजी पु¥याउँन नसकेपछि समितिले दर्ता प्रक्रिया रोकेको थियो । दर्ता प्रक्रिया अगाडी बढाउँन अर्थमन्त्रालयलको पनि सहयोग नपाए पछि महालक्ष्मी अदालत पुगेको थियो । सर्वोच्च अदालतले गत असारमा बीमा समितिको नाममा परमादेश जारी गरेपछि कम्पनी सञ्चालनको बाटो खुलेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS