IME Life

नेप्से ६.७७ अंकले बढेर १२१७ को विन्दुमा, जीवन बीमाको उपसूचकमा हरीयालीपन

SPIL
NIC ASIA

नेप्से परिसूचक साताको तेस्रो दिन ६ दशमलव ७७ अङ्कले बढेर १२१७ दशमलव ६५ अङ्कमा बन्द भएको छ । कारोबार रकम ३३ करोड पुगेको छ ।सबै भन्दा धेरै निर्जीवन बीमा क्षेत्रको शेयर मूल्यमा गिरावट आएको छ । निर्जीवन बीमा क्षेत्रको परिसूचक सबै भन्दा धेरै १ दशमलव १२ प्रतिशतले घटेको छ ।

निर्जीवन बीमा क्षेत्रको उपसुचक र फाईनान्स क्षेत्रको उपसुचक बाहेक अन्य क्षेत्रको उपसुचकमा वृद्धि आएको छ ।सबै भन्दा धेरै होटल क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । होटल क्षेत्रको परिसुचकमा २ दशमलव ७१ प्रतिशतले वृद्धि भएको हो ।

Prabhu
Crest

सबैभन्दा धेरै एनआईसि एसिया बैंकको २ करोड ७४ लाख बराबरको शेयर किनबेच भयो ।

सबै भन्दा धेरै किसान माईक्रोफाईनान्स वित्तीय संस्थाको सेयरमा १० प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै राष्ट्रिय बीमा कम्पनी प्रोमोटरको शेयर ७ दशमलव ८५ प्रतिशतले घट्न पुग्यो ।
निर्जीवन बीमा कम्पनीको उपसुचक १ दशमलव १२ प्रतिशतले घटेको छ भने ५ हजार ७ सय ६१ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ३४ प्रतिशतले बढेर ५ हजार ५ सय ७९ को बिन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको २ करोड १४ लाख बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको १ करोड ७० लाख बराबरको कारोबार भएको छ ।

निर्जीवन बीमाको उपसुचकमा गिरावट आएता पनि जीवन बीमाको उपसुचकमा वृद्धि आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS