IME Life

सुशासनलाई टेर्दैनन बीमा कम्पनीहरु

SPIL
NIC ASIA

काठमाडौं: बीमा समितिको निर्देशनलाई लत्याउँदै अधिकांश निर्जीवन बीमा कम्पनीहरुले नायव प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेका छैनन् । प्रमुख कार्यकारी अधिकृत भएका तीन वटा निर्जीवन बीमा कम्पनीले मात्रै नायव प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेका छन् । बाँकी कम्पनीहरुले भने हालसम्म पनि नायव प्रमुख कार्यकारी नियुक्त गरेका छैनन् ।

बीमा समितिले गत बैशाखमा परिमार्जन सहित जारी गरेको संस्थागत सुशासनमा कम्पनीहरुले नायव प्रमुख कार्यकारी नियुक्त गर्नुपर्ने व्यवस्था गरेको थियो । समितिले सुशासन जारी भएको छ महिना भित्रमा नायव प्रमुख कार्यकारी अधिकृत नियुक्त हुनुपर्नेमा कम्पनीहरुले सुशासन सुशासन जारी भएको ४ महिना बितिसक्दा सम्म नायव प्रमुख कार्यकारी नियुक्त गरेका छैनन् । यद्यपी प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका अधिकांश कम्पनीहरुममा नायब महाप्रबन्धक नियुक्त गरेका छन् ।

Prabhu
Crest

निर्जीवन बीमा कम्पनीमध्ये लुम्बिनी जनरल, नेको र प्रिमियर इन्स्योरेन्सले मात्रै सुशासन अनुसार नायव प्रमुख कार्यकारी अधिकृत पनि नियुक्त गरेका छन् । लुम्बिनी जनरल इन्स्योरेन्समा नूर प्रकाश प्रधान प्रमुख कार्यकारी अधिकृत छन् भने नायव कार्यकारी प्रमुखमा बालकृण्ण श्रेष्ठ र रामचन्द्र श्रेष्ठ छन् ।

प्रिमियर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा सुधुम्न प्रसाद उपाध्याय छन् भने, नायव प्रमुख कार्यकारी अधिृकतममा सहदेव तिवारी छन् । साथै नेको इन्स्योेरेन्सको प्रमुख कार्यकारी अधिकृतको रुपमा विश्वराम तिमिला नियुक्त भएका छन् भने नायव प्रमुख कार्यकारी अधिकृतमा अशोक कुमार खड्का छन् ।

त्यस्तै, केही जीवन बीमा कम्पनीले पनि नायव प्रमुख कार्यकारी नियुक्त गरेका छैनन् । नेशनल, प्राईम, गुरास, राष्ट्रिय बीमा संस्थान लगायतका आधा दर्जन कम्पनीले नायव प्रमुख कार्यकारी नियुक्त गरेका छैनन् ।

नेपाल लाईफ इन्स्योरेन्स कम्पनीमा सुशिल कुमार चौधरी र सन्तोष प्रसाई नायव प्रमुख कार्यकारीमा नियुक्त भएका छन् । एशियन लाईफ इन्स्योरेन्समा होम बहादुर श्रेष्ठ नायव प्रमुख कार्यकारीमा नियुक्त भएका छन् । रिलायबल लाईफ इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा अगम मुखिया छन् ।

समितिले बीमा कम्पनीहरुमा प्रमुख कार्यकारी विहिन भएपछि नायव प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नुपर्ने व्यवस्था गरेको हो ।

आधा दर्जन कम्पनीमा छैनन् प्रमुख कार्यकारी अधिकृत
नेपालमा सञ्चालित आधा दर्जन कम्पनीहरुमा प्रमुख कार्यकारी नै छैनन् । नायव प्रमुख कार्यकारी अधिकृतले नै कम्पनी सञ्चालन गरेका छन् । कम्पनीमा सञ्चालकहरुले एस म्यान नभेट्दा कम्पनीहरु प्रमुख कार्यकारी अधिकृते बिहिन बनेको हुन् । त्यसैगरी सञ्चालकहरुको महत्वकांक्षी लक्ष्य पुरा गर्न असम्भव हुने भएपछि उक्त जिम्मेवारी लिन नचाहेको केही बिज्ञहरु बताउँछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS